English

‘दुई पिस ‘रोस्ट’ का लागि एक वर्ष कुर्नुपर्थ्यो’



युवाहरूमाझ अत्यधिक रुचाइएका ‘नेपग्याजम’का चर्चित स्ट्यान्डअप कमेडियन हुन् लेखमणि त्रिताल । उनलाई धेरैले रमेश अङ्कलको छोरो भनेर पनि चिन्छन् । उनी स्टान्डअफ कमेडीमा लागेको लामो समय भएको छैन । कमेडीमा लागेको लगभग २ देखि ३ वर्षको अवधिमा नै उनले धेरै दर्शकको मन जितेका छन् ।

लेखमणिको बाल्यकाल काठमाडौं, सातदोबाटोमा बित्यो । सानै उमेरदेखि उनी कमेडीमा रुचि राख्थे । बाल्यकालसँग जोडिएको हरेक कुरा उनलाई विशेष लाग्छ । आफ्नो बाल्यकाललाई सम्झँदै उनी भन्छन् । ‘जीवनको सबैभन्दा सम्झन लायक पल बालापन नै थियो ।’

बाल्यकालमा उनी साह्रै चञ्चले स्वभावका थिए । साथीहरूलाई हँसाउने जिस्काउने काममा पनि उनी अगाडि नै थिए । अरूलाई हँसाउन उनलाई सानैदेखि रमाइलो लाग्थ्यो । तर, त्यो नै पछि गएर उनको करियरसँग जोडिन्छ भनेर उनले सोचेका थिएनन् । स्कुल तथा कलेजको विभिन्न हास्यव्यङ्ग्य प्रतियोगितामा पनि उनी सहभागी हुन्थे ।

बाल्यकालमा खाएको केही खानेकुराको स्वाद जिब्रोमा गडेको छ । बाल्यकालमा मलाई एकदमै मनपरेको खानेकुरा बडा भोजमा खाएको रोस्ट हो ।

उनको बाल्यकालको धेरै समय भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय विद्यालयको होस्टेलमा बित्यो । विद्यालयमा साथीहरूमाझ नै उनले बाल्यकालको धेरै समय बिताए ।

बाल्यकालमा गरेको हरेक क्रियाकलाप विशेष हुने लेखमणि बताउँछन् । त्यतिबेला खाएका केही खानेकुरा पनि जीवनभर रोजाइमा पर्ने गर्छ । ‘बाल्यकालमा खाएको केही खानेकुराको स्वाद जिब्रोमा गडेको छ ।’

बाल्यकालमा खाएको खानेकुरा सम्झँदै उनी भन्छन् ‘बाल्यकालमा मलाई एकदमै मनपरेको खानेकुरा बडा भोजमा खाएको रोस्ट हो ।’

होस्टेलमा बसेको हुनाले म यो खान्छु त्यो खान्छु भनेर रोज्न पाइँदैन थियो । जे पाक्यो त्यहीँ खानुपथ्र्यो । तर, वर्षमा एकपटक बडा भोजमा भने धेरै थरिका खानेकुरा खान पाइने उनी सुनाउँछन् । ‘बडा भोजमा विशेष प्रकारको रोस्ट खान पाइन्थ्यो जुन एकदमै मिठो हुन्थ्यो ।’

बडा भोज आउनुभन्दा एक महिनाअघि बाट नै अब रोस्ट खान पाइन्छ भनेर उनी मक्ख पर्थें । उनीसँगै उनका साथीहरू पनि रोस्ट खान पाइने कुरा सम्झेर नै मख्खै पर्थे । त्यो रोस्ट कसरी पकाएको हुन्थ्यो खै अन्य बेला खाएको रोस्टभन्दा त्यो अलि विशेष हुने गरेको लेखमणि बताउँछन् ।

बडा भोजमा खाएजस्तो रोस्टको स्वाद मैले अन्त भेटेको छैन । धेरै याद आउँछ त्यो बाल्यकाल, स्कुल जीवन र बडा भोजमा खाएको रोस्ट ।

बाल्यकालमा खाएको त्यो रोस्टको स्वाद उनको जिब्रोमै झुन्डिएको छ । ‘एक वर्ष कुरेपछि त्यो रोस्ट खान पाइन्थ्यो । तर, जम्मा दुई पिस’ उनी हाँस्दै सुनाउँछन् ।

बडा भोजमा खाएको त्यो रोस्ट घरमै बनाउन उनले धेरै प्रयास गरे तर सकेनन् । बाहिर रेस्टुरेन्टमा किनेर खाएको रोस्टमा पनि उनले त्यो स्वाद भेटेका छैनन् । ‘बडा भोजमा खाएजस्तो रोस्टको स्वाद मैले अन्त भेटेको छैन । धेरै याद आउँछ त्यो बाल्यकाल, स्कुल जीवन र बडा भोजमा खाएको रोस्ट ।’

यो पनि…
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।