English

‘नियमित पढाइभन्दा साहित्यमा बढी रुचि भयो’ (भिडियो पनि)



भोजपुरस्थित अन्नपूर्ण माध्यमिक विद्यालयबाट २०५० मा एसएलसी (एसईई) दिएँ । तर, म धेरै पढ्ने विद्यार्थीमा परिनँ । आफ्नै सिर्जनामा बढी लगनशील हुन्थेँ । तर, पास हुने पक्कापक्की हुने आत्मविश्वास थियो । ८७ जनाले परीक्षा दिएकामध्ये ६ जना मात्रै पास भए ।

खोटाङबाट फर्किंदा बाटोमा हुलाकीले म पास भएको जानकारी गराएका थिए । आफू पास हुने पक्कापक्की भएकाले उत्साहित त्यति थिइनँ । जुन आजभोलिका केटाकेटीले स–साना कुरामा उत्साहित भएर उत्साह मनाउँछन् । त्यस्तो केही गरिएन ।

मेरो मान्यता औपचारिक शिक्षाभन्दा सीप र ज्ञान प्राप्त गर्नु हो । भोजपुर बहुमुखी क्याम्पसमा मानविकी संकायमा (आईए) भर्ना भएँ । पहिलो वर्ष नियमित पढेँ । दोस्रो वर्ष कोटाङमा शिक्षण गर्न थालेँ ।

यताको पढाइ नियमित उपस्थित भएर पढिनँ । सेल्फ स्टडी गरेर पास गरेँ । शिक्षणसँगै करिब चार वर्षपछि स्नातक तहको थप अध्ययनका लागि काठमाडौं आएँ । मानविकी संकायअन्तर्गत समाजशास्त्र र इतिहास विषयमा त्रि–चन्द्र कलेजमा भर्ना भएँ ।

यहाँ मेचीदेखि महाकालीसम्मका साथीहरू बने । फरक–फरक लवज, संस्कृति भएका ३०–३५ जनाको समूह बनेको थियो । यसमध्ये कोही राजनीति गर्ने, कोही खेलकुद । मिग्मा शेर्मा तेक्वान्दो ब्याल्कबेल्ड, फुर्वा टेन्जिङ साथी भलिबल भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । मिलन घिमिरे साथी राजनीति खुब गर्नुहुन्थ्यो । बीए पढ्दा गगन थापा पनि थिए । उनी बीएस्सी पढ्थे । त्यो बेला उनी स्ववियू सचिव थिए । कलेजमा भलिबल खेल्न परे मलाई नै अगाडि नै बल माग्न पठाउँथे । एक–दुई पटक त स्ववियूको ढोका नै थुनेर बल दिएनन् ।

कलेजका कोर्सभन्दा साहित्यका र संगीतका जे–जाति भेटिएका पुस्तकहरू पढ्थेँ । यसका साथै सीडी, डीभीडी सुनिन्थ्यो ।

राजनीति कलेजमा हुन्थ्यो, तर म प्रत्यक्ष सहभागी भइनँ । भित्री रूपमा गरियो । अहिले पनि गरिन्छ ।

सानैदेखि साहित्यमा रुचि भएकाले भोजपुरमै ११ वटा कविता वाचन प्रतियोगितामा जितेको थिएँ । ती प्रमाणहरू घरमा अझै पनि छ । स्नातकमा साहित्यको कार्यक्रम भएन । तर, विभिन्न गोष्ठीमा सहभागी भने भइयो ।

कलेजमा लाइफमा दुई पटक मात्र पिकनिक गइयो । त्रि–चन्द्रबाट ककनी र भोजपुरबाट सुन्तले गइयो । तर, म गााउँमै हुर्केको हुनाले फूल फुल्दा, हिमाल देखिँदा होस् वा इन्द्रेनी, आहा ! जस्तो लाग्ने कहिल्यै भएन । पिकनिक जाँदा पनि साथीहरूले बोर मान्थे । कटर जाँदा त्यो चमेलिया मरुभूमिमा आफ्नो नाम कोर्दा आनन्द महशुस भएको थियो । त्यो कुराले चाहिँ मलाई मनमा छोयो ।

कलेजबाट एकपटक बागबजारमा करिब ३०–३५ जना साथीहरू चिया खाना गएका थियौंँ । तर, गफगाफमा चियामा हातले धक्का लागेर खसेर गिलास फुटेको थियो त्यो माहोलमा गिलास खस्दा, चियाले हात पोल्दा भिडमा अलि नमज्जा लागेको थियो । यो मेरो लागि अविष्मरणीय क्षण बनेको छ ।

खेलकुद, गीत–संगीतको विद्यार्थी भएँ कलेज धेरै सम्झना हुन्थ्यो होला । कलेज लाइफले सिरियस कहिल्यै बनाएन । त्यसैले, सम्झनलायक त्यस्तो कुराहरू खासै छैन ।

माया प्रेमको कुरा गर्ने हो भने धेरैको प्रस्ताव पनि आयो । तर, बिहे भएको सुन्दा अरुले गुनासो पनि गर्थे, यसले गर्दा कहिलेकाहीँ त छिटो बिहे गरेछु भनेर आफैँलाई पछुतो भयो । बी.ए. पछि अध्ययनभन्दा बढी साहित्यलाई निरन्तरता दिएँ । यसरी चल्यो मेरो कलेज लाइफ ।

यो पनि…
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’
‘जोसँग लभ पर्यो उनै बनिन् जीवनसंगीनी’



सम्बन्धित खबरहरु

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे