English

स्थानीय निर्वाचन : नेताहरूलाई भ्याइनभ्याई



स्थानीय तह निर्वाचन मिति (३० वैशाख) जति नजिक आइरहेको छ, त्यतिकै चुनावी सरगर्मी बढेको छ । नेताहरू चुनाव केन्द्रित गतिविधिका कार्यक्रममा व्यस्त छन् । उनीहरूलाई भ्याइनभ्याई छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन केन्द्रित छन् । एमाले अध्यक्ष केपी शर्मा ओली दिनको २-४ वटा कार्यक्रम भ्याउँछन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि चुनावी कार्यक्रममै देखिन्छन् । अन्य दलका नेताहरू पनि निर्वाचनमै केन्द्रित छन् ।

प्रचण्ड चितवनतिर, त्यहाँका कांग्रेस नेता काठमाडौंतिर
प्रचण्डको चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधुप निर्वाचन केन्द्रित छ ।

निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आउजाउ बाक्लो भएको हो । तर उनको यो योजना तुहाउन नेपाली कांग्रेस चितवनका नेताहरूको पनि दौडधुप जारी छ ।

चितवनबाट केन्द्रीय सदस्य भएका टेकबहादुर गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठ भरतपुर महानगरपालिका यसपटक कांग्रेसले पाउनुपर्ने भन्दै नेतृत्वहरूलाई दबाब दिँदै आएका छन् । उनीहरूको दौडधुप काठमाडौं केन्द्रित छ ।

गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेललाई यी नेताहरूले बिहीबार भेटेर कांग्रेसले यसपटक भरतपुर महानरपालिका नछोड्ने र छोडियो भने नमान्ने चेतावनी दिएका छन् ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेर भरतपुरमाथिको दाबी नछाड्ने भन्दै ध्यानाकर्षण गराएका छन् । सो क्रममा देउवाले कार्यकर्ताहरूको भावनालाई सम्बोधन गर्ने अधिकतम प्रयत्न गर्ने आश्वासन दिएको निवर्तमान सभापति श्रेष्ठले बताए ।

चितवनमा कांग्रेसले यसअघि भने गठबन्धन गर्न अस्वीकार पनि गरेको थियो । हालै गठबन्धन गर्न सहमत भए पनि भरतपुर महानगरपालिका नछाड्ने दृड अडानमा कांग्रेस छ ।

एकैदिन चार कार्यक्रम
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दैछन् ।

बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन् ।

काठमाडौं उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जानेछन् । जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन उनले सम्बोधन गर्नेछन् ।

स्थानीय तह निर्वाचन मिति (३० वैशाख) जति नजिक आइरहेको छ, त्यतिकै चुनावी सरगर्मी बढेको छ । नेताहरू चुनाव केन्द्रित गतिविधिका कार्यक्रममा व्यस्त छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन केन्द्रित छन् । एमाले अध्यक्ष केपी शर्मा ओली दिनको २-४ वटा कार्यक्रम भ्याउँछन् ।

कहाँ कसले के भने ?
अध्यक्ष प्रचण्डले आउने निर्वाचनलाई सामान्य निर्वाचनको रूपमा नलिन अनुरोध गरे । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर अधिकारकारको रक्षा गर्ने र थप अधिकारको लागि लडाई लड्ने अभियान भएको बताए ।

केपी ओली प्रधानमन्त्री रहेको बेला दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रतिगामीहरू संविधान मास्ने खेलमा लागिरहेको दाबी गरे । ‘अहिले पनि पूर्व राजावादीहरू, जो आजपनि राजावादी नै हुन् र केपी ओली नेतृत्वको एमाले सरसल्लाह गर्दै छ, उनीहरू यो संविधान उल्टाउने कसरतमा छन्,’ उनले भने ‘त्यसैले यो निर्वाचन नेपालीहरूको आत्म सम्मानको रक्षा गर्ने, प्रतिकृयावादीहरूलाई पररास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षागर्ने, समानता र आत्मसम्मानको रक्षागर्ने ? या प्रतिकृयावादीलाई छोडदिने भन्ने लडाइँ हो’ अध्यक्ष प्रचण्डले भने ।

एमाले अध्यक्ष ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताए । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् ।

‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गरेनन् । तर पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुट्ने उनको आशय थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाए । काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताए ।

गणतन्त्र ल्याउँदा भनिएको जस्तो र अहिले देशको अवस्था निकै फरक रहेको भन्दै उनले ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए । तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका उनले बताए ।

यो पनि…
आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, के गर्न पाइने, के नपाइने ?

स्थानीय निर्वाचन : बालमैत्री छैनन् गाउँ-नगर
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन