यस्तो छ आज फलफूल र तरकारीको मूल्य [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज चैत २६ गते शनिबार एक किलोग्राम कागतीको मूल्य ४२५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६५ रूपैयाँ तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ ६७ पैसा तोकिएको छ भने सुकेको प्याज मूल्यको ३३ रूपैयाँ ३३ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३५ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य ३५ रूपैयाँ, रातो मूला ३५ रूपैयाँ, सेतो मूला १७ रूपैयाँ ६७ पैसा, भन्टा ३५ रूपैयाँ, मटरकोशा ४५ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी समितिले एक किलोग्राम स्याउको मूल्य २५० रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २१० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १३० रूपैयाँ तोकिएको छ ।



यो पनि…
अब यसरी अघि बढ्नेछ बूढीगण्डकी आयोजनाको काम
संयुक्त लगानीमा जलविद्युत् आयोजनाहरू बनाउन नेपाल र भारतबीच सहमति
ऊर्जा सङ्कटको असर : आयोजनाहरू छिटो सक्न दबाब