English

राशिफल : मेषलाई अर्थलाभ, मिथुनलाई परिवारको साथ



आज २६ चैत २०७८ शनिबार । तद्नुसार अप्रिल महिनाको ९ तारिक २०२२ । चैतशुक्लपक्ष अष्टमी तिथि, विष्टि करण, पुनर्वसु नक्षत्र, अतिगण्ड योग, चन्द्रमा मिथुन राशीमा रहेको छ ।

आज बिहान सूर्योदय ५:४६ मा भएको छ भने सूर्यास्त साँझ ६:२६ मा हुनेछ । आज बिहान ८:५६ देखि १०:३१ सम्म राहुकाल रहेको छ ।

यो समयमा आजको दिन कुनै शुभ कर्म नगर्दा राम्रो हुन्छ । तर बिहान ११:४१ देखि १२:३१ सम्मको समयमा अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्दा उत्तम हुनेछ ।

शनिबारको दिन पिपलको बृक्षको परिक्रमा गर्दा शुभ हुनेछ । शनिबारको दिन देवालय, शिवालय यात्राले मनमा उल्लास भरिदिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारबाट अर्थलाभ हुनेछ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु बेस हुनेछ । आजको यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । यात्रा गर्नभन्दा अघि घरका बृद्ध मानिसका आशीर्वाद लिनु हाेला । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुन सक्छ । तपाईंको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले होसियारी अपनाउनुहोला ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंलाई साथ दिनेछन् । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। कसैसँग विवाद नगर्नुहोला । बिहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन सोचअनुसार काम गर्दा सफलता हाल लाग्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवैको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । देवालयको मन्दिर क्षेत्रमा गएर कुनै गरिब व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ ।  दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम सुरु नगर्नुहोला । सहयोगी आफन्त र मित्रबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय  यात्राले तपाईंलाई मनमा शान्ति प्राप्त हुनेछ ।  कसैलाई अपमान नगर्नुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राको अवसर र सम्भावना पनि छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने सम्भावना रहेको छ । हाेस् पुर्‍याउनुहाेला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । परिवार र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नै सकारात्मक उर्जा मिल्नेछ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन देवालय र शिवालयको यात्राले  मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आजको दिन कसैको आशा र भरोसा नराखी आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईंले सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा  सकारात्मक सोच आउने छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खाना र बस्त्र दान दिनुभयो भने मनमा हर्ष छाउने छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन अध्ययन-अध्यापनमा समय बिताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । तपाईंको स्वास्थ्यमा ख्याल राख्नुहोला । परिवारका सदस्यसँग समय विताउनु होला । घरको काममा ध्यान दिनुभयो भने परिवारमा खुसियाली छाउनेछ । आजको दिन शिवालय र देवालयको यात्रा मात्र गर्नु बेस हुनेछ । लामो यात्रा गर्दा तपाईंलाई समस्या आउनसक्छ । अध्ययन, चिन्तनमनन समय विताउनुहोला । सामाजिक सेवामा समय खर्च गर्दा बेस हुनेछ ।

यो पनि…
सम्बन्ध कस्तो बनाउने ?
जीवनको आध्यात्मिक आयाम



सम्बन्धित खबरहरु

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता