बिहानको सेक्सले दिन्छ दिनभरि ऊर्जा
सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थितिअनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा बिहानको समयमा सेक्स गर्दा बढी राम्रो हुन्छ । बिहान सेक्स गरे दिनभरि ‘मुड फ्रेस’ पनि हुन्छ ।
अरू यस्ता कारण पनि छन्, जसले तपाईंलाई बिहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ । अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न बिहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको बिहान हो ।
स्टमडीको अध्ययनअनुसार यो समयमा शरीरमा सेक्स हर्मोनको मात्रा बढी उत्पन्न हुने भएकोले बिहान सेक्स गर्दा अति उत्तम हुन्छ । यति मात्रै होइन बिहानको सेक्सले दुवै जनालाई दिनभरि थकान महशुस नहुने, दिमाग पनि तीक्ष्ण हुने र दिनभरि ताजा महसुस हुने गर्दछ ।
सेक्स सल्लाहकार डा. डेबीका अनुसार बिहानको समयमा सेक्स गर्दा हाम्रो शरीरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी, अमेरिकी अर्का सेक्स सल्लाहकार जेन ग्रिनरका अनुसार बिहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययन बाट पत्ता लागेको छ ।
सेक्स कति पटक गर्ने ? भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले सातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?