गर्मीमा यी बिरुवाले घरलाई शितलता राख्छ
गर्मीमा घरलाई चिसो राख्न धेरैले एसी, कुलरको प्रयोग गर्छन् । तर, दिनभर कुलर र एसी हावामा बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्तो अवस्थामा गर्मीको समयमा घरलाई चिसो राख्न केही बिरुवा रोप्न सक्नुहुन्छ ।
वास्तवमा, यी बिरुवाहरूले हावा शुद्ध गर्नुका साथै गर्मी पनि अवशोषित गर्दछ र वातावरणलाई चिसो राख्छ, जसका कारण घरमा धेरै गर्मी हुँदैन । आउनुहोस् जानौँ घरलाई चिसो राख्न कुन–कुन बिरुवा लगाउन सकिन्छ ।
फिचस ट्री
फिचस वा विपिङ फिग ट्रीले घरको हावा सफा गर्छ र गर्मी पनि सोस्छ । यसलाई कम प्रकाश भएको ठाउँ र पानीमा राख्न सकिन्छ ।
रबर विरुवा
रबर बिरुवाले वातावरण सफा र स्वच्छ राख्र्छ । यसलाई नियमित पानी चाहिँदैन तर राम्रो माटो रे प्रकाशको विशेष ख्याल राख्नुहोस् ।
पोथोस प्लान्ट
पोथोस प्लान्टलाई झ्याल वा झुन्डिएको भाँडोमा लगाउन सकिन्छ । यसले हावाको अशुद्धतालाई हटाएर घरलाई चिसो राख्न मद्दत गर्छ ।
बोगनबेलिया
रंगीन बोगनबेलिया बिरुवा पनि गर्मी को लागि सबैभन्दा राम्रो बिरुवा हो । तर, यसलाई प्रत्यक्ष घाम नपर्ने ठाउँमा राख्नुहोस् ।
मनी प्लान्ट
मनी प्लान्टले घरको हावाबाट अशुद्धता हटाएर वातावरणलाई चिसो राख्छ । यो पनि गर्मीकाक लागि एक उत्तम बिरुवा हो ।
यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक