English

कीर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित



नेपाली राष्ट्रिय फुटसल टोली कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ। कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो।

खेलको २०औं मिनेटमा कीर्गिस्तानी टोलीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपालले दोस्रो हाफमा दबाब बनाउँदै उत्कृष्ट पुनरागम गरेको थियो ।

दोस्रो हाफमा खेलमा दबाब बनाए पनि नेपालका तीनवटा प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएका थिए। तर, ४३ औं मिनेटमा कीर्गिज टोलीले काउन्टरमा गोल थप्न सफल भयो ।

त्यसअघि नेपाली टोलीका आदिल अहमदले कर्नरबाट पाएको बललाई पोस्टको दिशा दिँदै गोल गरे पनि त्यसलाई रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्।

दुबै टोली राम्रा र उस्तै स्तरका थिए। तर, आजको खेलमा हामी भाग्यमानी ठहर्‍यौं। अन्य टिमका लागि नेपाल राम्रो प्रतिस्पर्धी हुन सक्छ ।

फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुबै टोलीले राम्रो खेलको भए पनि आजको खेलमा आफूहरू भाग्यमानी रहेको बताए ।

‘दुबै टोली राम्रा र उस्तै स्तरका थिए। तर, आजको खेलमा हामी भाग्यमानी ठहर्‍यौं। अन्य टिमका लागि नेपाल राम्रो प्रतिस्पर्धी हुन सक्छ,’ उनले भने ।

त्यस्तै नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेलमा सुधार भएको बताए । ‘अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौं । मौकाहरु धेरै बनाउन सक्यो। १३ र १४ वटा टार्गेटमा सट प्रहार गरे पनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहोर्‍यौं,’ उनले भने ।

यो पनि
आयरल्याण्डसँग नेपाल पराजित
भारतीय क्रिकेटर : जो बने रोडदेखि करोडपतिसम्म



सम्बन्धित खबरहरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested