English

नेपाल मेडिकल कलेजमा अब कार्डियो, ग्यास्ट्रो र इन्डोक्रोनोलोजीका छुट्टाछुट्टै युनिट



नेपाल मेडिकल कलेज जोरपाटीमा मेडिसिन विभागअन्तर्गत तीन युनिट सञ्चालनमा आएको छ । कलेजले कार्डियोलोजी, ग्यास्ट्रो र इन्डोक्रोनोलोजीका छुट्टाछुट्टै युनिट तयार गरी सञ्चालनमा ल्याएको हो । विगतमा यी तीनै युनिट मेडिसिन विभागअन्तर्गत पर्दथे ।

बिरामीलाई सहज उपचारको व्यवस्थापन गर्न छुट्टाछुट्टै युनिट तयार पारेर उपचार सेवा थालिएको अस्पताल प्रशासनले जनाएको छ । शुक्रबार तीनै युनिटको औपचारिक रूपमा शुरुवात गर्दै कलेजका म्यानेजिङ डाइरेक्टर बसुरुद्धिन अन्सारीले नेपाल मेडिकल कलेजलाई विशेषज्ञ अस्पतालका रूपमा विकास गर्न विभिन्न रोगसँग सम्बन्धित युनिटहरू बनाइएको बताए ।

‘यहाँको स्वास्थ्य सेवालाई समयसापेक्ष सुधार गर्दै विशेषज्ञ सेवाहरू थप गर्न हरेक वार्डहरूमा छुट्टाछुट्टै युनिट बनाउने योजना छ । अहिले कार्डियोलोजी, ग्योस्ट्रोलोजी र इन्डोक्रोनोलोजी युनिट तयार गरिएको हो ।’ अन्सारीले भने ।

उल्लेखित हरेक युनिटमा १२/१२ बेड रहेका छन् । युनिटमा विशेषज्ञ डाक्टर तथा नर्सको व्यवस्थापन गरिएको कलेजका अस्पताल प्रमुख दिलिप साहले बताए । उनका अनुसार यसअघि अस्पतालमा विशेषज्ञ युनिट रहेको थिएन । कार्डियोलोजीलाई व्यवस्थित र बिरामीमैत्री बनाइएको छ ।

युनिटमा इको, इसिजी, हल्टर तथा एबीपी सेवाहरू व्यवस्थापन गरिएको छ । भविष्यमा क्याथल्याब सेवासमेत सूचारू गरेर नेपाल मेडिकल कलेजलाई विशेषज्ञ स्वास्थ्य संस्थाका रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।

कलेजका अस्पताल निर्देशक प्रा.डा. मोदनाथ मरहठ्ठाका अनुसार कार्डियोलोजी विभागमा बंगलादेशबाट एमडी गरेर आएकी डा. सञ्जीता अन्सारी तथा डा. सिर्जना प्रधानाङ्ग लगायत विशेषज्ञ डाक्टरहरुको व्यवस्थापन गरिएको छ ।

यसैगरी, ग्यास्ट्रोलोजीमा डा. सुनील मरिक, डा. अवशेष भण्डारी लगायतको टिम रहेको छ । इन्डोक्रोनोलोजीमा डा. प्रवीण अधिकारी लगायतको टिम रहेको अस्पताल निर्देशक मरहठ्ठाले जानकारी दिए । डा. मरहठ्ठा त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर हुन् ।

सय बेडको डायलाइसिस सेवा सञ्चालनमा आउँदै

नेपाल मेडिकल कलेजलाई मिर्गौला रोगीको लागि एक सय बेडको डायलाइसिस सेवा चाँडै सञ्चालनमा आउने भएको छ । कलेजका म्यानेजिङ डाइरेक्टर अन्सारीका अनुसार अहिले भइरहेको ५० बेडको डायलाइसिस सेवालाई स्तरोन्नति गर्दै थप ५० बेड बनाइँदै छ ।

एक सय बेड तयार भएपछि दैनिक तीन सयको डायलाइसिस गर्न सकिनेछ । ‘अहिले राजधानीमा मात्र हैन देशैभरि मिर्गौला रोगीहरूको उपचारमा डायलाइसिस सेवा नगन्य छ । हामीले दैनिक तीन सय मिर्गौला रोगीको डायलाइसिस गर्नेगरी पूर्वाधार बनाउँदै छौँ ।’ अन्सारीले भने ।

नेपाल मेडिकल कलेजमा नेसनल मेडिकल कलेज विरगञ्जका सञ्चालक अन्सारीको प्रवेश सँगै स्वास्थ्य सेवामा सुधार गरिएको छ । कुनै बेला इमरजेन्सीमा आउने सामान्य बिरामीलाई समेत राजधानीका अन्य अस्पतालहरूमा रेफर गर्ने अवस्थामा पुगेको थियो । अहिले विशेषज्ञ तथा दक्ष चिकित्सकीय जनशक्ति थप गरिएकोले अन्य अस्पतालबाट बिरामीहरू रेफर भएर आउन थालेका छन् ।

यो पनि
आर्थिक संकटको असर : अस्पतालले रोक्यो शल्यक्रिया सेवा
अस्पताल बनेपछि स्थानीय दंग



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।