English

युवाले लिए परम्परागत बाजाको प्रशिक्षण



भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीको स्थानीय महालक्ष्मी भजन दाफाको आयोजनामा लालाखिं (एक प्रकारको बाजा) तथा म्ये पिदानेगू ज्याझव (स्थानीय गीत गाउने प्रशिक्षण) कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

स्थानीयस्तरमा बाजागाजाको प्रशिक्षण सम्पन्न भएपछि पिदानेगू (दिक्षान्त समारोह जस्तै) गरिएको थियो । यो बेला प्रशिक्षार्थीलाई देवतास्थानमा लगेर बाजा प्रदर्शन गर्न लगाउने हुन्छ ।

बिहीबार स्थानीय नासद्य (देवता घर) मा पुगेर प्रशिक्षार्थीलाई बाजा बजाउन लगाएर प्रदर्शन गराइएको थियो । साथसाथै नेवार संस्कृति अनुसार त्यो बेला प्रशिक्षार्थीका आफन्तहरू आएर प्रशिक्षार्थीलाई सम्मान गर्ने गरिएको थियो । त्यस अवसरमा उनीहरू सामूहिक पैसा हालेर भोज पनि खाएका थिए ।

कार्यक्रमका संयोजक पुन्यराम दुवालका अनुसार लालाखिंमा १३ जना र म्येमा ४ जना प्रशिक्षार्थी रहेका थिए । उनीहरू सबै आठवर्षदेखि ३२ वर्षसम्मका युवा रहेको उनले बताए ।

बाजाका प्रशिक्षार्थी इन्जिनियर सुमन दुवाललले आफ्नै टोलमा भएको लालाखिं बजाउने कला सिकेको बताए । इन्जिनियर भएर पनि आफ्नो बाबुबाजेदखि चल्दै आएको लालाखिं सिक्न ६ महिना लगाएर आफूले बाजा बजाउन सिकेको उनले बताए ।

‘हाम्रो पुरानो बाजालाई पनि बचाउनुपर्छ, यसलाई मर्न दिनुहुन्न भनेर मैले पनि बाजा सिंके,’ बाजा प्रशिक्षणको अन्तिम दिन बिहीबार बाजा बजाउँदै इन्जिनियर दुवालले भने, ‘मैले मात्रै होइन, यो प्रशिक्षणमा टोलका आठ वर्षदेखि ३२ वर्षसम्मका युवा सहभागी छन् ।’

प्रशिक्षण ६ महिना भएको थियो । लालाखिंको प्रशिक्षण कृष्णराम देउपाला, म्ये शंकर सुवालले सिकाएका थिए । कार्यक्रममा विष्णुभक्त दुवाललगायतलाई सम्मान गरिएको थियो । साथै स्वगं वियगू ज्या (सगुन दिने कार्यक्रम) पनि भएको थियो ।


यो पनि…
छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता २६ चैतमा

निफमा बहस : राम्रो अभिनय के हो ?
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ ।

काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

Latest










Popular
Suggested