English

निरन्तर ओरालोपछि सेयर बजारमा उल्लेख्य सुधार



साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ। निरन्तर पाँच कारोबार दिन ओरालो लागेको नेप्से आज साढे ३५ अंक बढेको हो।

बिहीबार नेप्से परिसूचक ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ८.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३८ अंक र सेन्सेटिभ इण्डेक्स २.३७ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन करिब २ अर्बको कारोबार भएको बजारमा आज २२४ स्टकको ४२ हजार ५०६ पटकको कारोबारमा २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको ५४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो पनि
ओरालो लागेको अर्थतन्त्रप्रति सरकारको चासो
नेप्सेमा ठूलो पहिरो



सम्बन्धित खबरहरु

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

Latest










Popular
Suggested