English

डेलिभरीपछि यसरी घटाउनुहोस् आफ्नो तौल



गर्भावस्थाको समयमा, धेरै महिलाहरूको वजन बढ्छ । यो एक प्राकृतिक प्रक्रिया हो । तर कतिपय महिलाको भने गर्भावस्थापछि पनि छिट्टै तौल घट्दैन । यस्तो अवस्थामा उनीहरू बढेको तौललाई लिएर चिन्तित हुन थाल्छन् र शरीरको आकार पहिलेको जस्तै बनाउन धेरै उपाय अपनाउँछन् ।

कतिपय महिलाले खान र पिउन पनि छोड्छन् । तर यदि तपाईं आफ्नो बच्चालाई स्तनपान गराउँदै हुनुहुन्छ भने खाना त्याग्नु आमा बच्चा दुवैको लागि स्वस्थ विकल्प नहुन सक्छ ।

खाना छाड्नु तौल घटाउने स्वास्थ्य तरिका होइन । यसका कारण तपाईंसँगै बच्चालाई पनि पर्याप्त मात्रामा पोषक तत्त्व प्राप्त हुँदैन । कमजोरी महसुस हुन सक्छ । यस्तो अवस्थामा डेलिभरीपछि तौल घटाउने यी उपायहरू स्वस्थ तरिकाले अपनाउनुपर्छ ।

पोषणमा ध्यान दिने
गुणस्तरीय पोषणमा ध्यान दिनुपर्छ । घरमा पकाएको ताजा खाना खानुहोस् । सम्पूर्ण अन्न, राम्रो गुणस्तरको प्रोटिन, फ्याट, हरियो तरकारी तथा फलफूल र विभिन्न रङका खानेकुरालाई आहारको हिस्सा बनाउनुहोस् । दैनिक ८ देखि १० ग्लास पानी पिउनु पर्छ यसले स्तनपान सहज हुन्छ र डिहाइड्रेसन हुँदैन । यसबाहेक समयमै सप्लिमेन्ट लिनुहोस् र व्यायाम गर्न नबिर्सनुहोस् ।

पोषणविद्को सल्लाहबिना डाइड प्लान नगर्ने
गर्भावस्थापछिको तौल घटाउनका लागि कुनै पनि प्रकारको डाइटको पालना नगर्नुहोस् । गर्भावस्था पछि, पोषक तत्त्वहरू सेवन गरेर आफ्नो शरीरलाई बलियो बनाउनुपर्छ । त्यसैले पोषण विशेषज्ञबाट सही सल्लाह लिनुहोस्, जसले तपाईंलाई आवश्यक पोषक तत्त्वहरू कसरी समावेश गर्ने भन्नेबारे सही दिशानिर्देशहरू दिन सक्छन् ।

जङ्क फुड सेवन कम गर्ने
गर्भावस्थाको सम्पूर्ण नौ महिना कठिन हुन्छ, त्यसपछि जब तपाईं आफ्नो बच्चालाई आफ्नो दूध खुवाउनुहुन्छ, तब त्यो समयमा खानामा पनि विशेष ध्यान दिनुपर्छ । प्याकेज गरिएको खाना, जङ्क फुड आदिको उपभोग नगर्नुहोस् । तौल घटाउनका लागि मखना, स्टिम र पफ गरिएको चामल, ताजा फलफूल जस्ता केही स्वस्थ खाना खानुहोस् । खाना खाएपछि बच्चालाई भोक लाग्दा यसको सेवन गर्नुहोस् । यसले स्वस्थ रहनुका साथै तौल बढ्न दिँदैन ।

खानामा फ्याटी एसिड र भिटामिन ‘सी’ समावेश गर्ने
खानामा फ्याटी एसिड समावेश गर्नुहोस् । घ्यु, मख्खन, एभोकाडो र ड्राईफ्रुटहरूको पनि सेवनबाट पनि राम्रो फ्याट प्राप्त गर्न सकिन्छ । यसबाट शरीरलाई ऊर्जा मिल्छ, मेटाबोलिज्म तेज हुन्छ, शरीरलाई पूर्ण पोषण मिल्छ, छाला र कपालको स्वास्थ्य पनि राम्रो रहन्छ । त्यसको साथै भिटामिन ‘सी’ पाइने फलफूलहरू पनि दैनिक सेवन गर्नुपर्छ । यसमा धेरै फाइबर हुने भएकोले तौल घटाउन सहयोग गर्छ ।

स्तनपानले पनि तौल घटाउँछ
डेलिभरीपछि बच्चालाई स्तनपान गराउँदा पनि आमाको तौल नियन्त्रण भइरहेको हुन्छ । आमाहरूले ६ महिनासम्म स्तनपान गराउँदा क्यालोरी बर्न हुन्छ र तौल नियन्त्रण गर्न पनि प्रभावकारी हुन्छ । स्तनपान गराउने महिलाले अन्य समयभन्दा ५०० ग्राम क्यालोरी बढी सेवन गर्नुपर्छ र ब्यालेन्स डाइट पनि गर्नुपर्छ ।

यो पनि….
गर्भावस्थाको समयमा वाकवाकीबाट राहत पाउने उपाय

गर्भावस्थामा होली खेल्दा यी कुरामा ध्यान दिनुहोस्
गर्भावस्थामा सेक्स गर्दा यी कुरामा ध्यान दिऔं



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन