English

थाहा पाउनुहोस् आजको राशिफल



आज २४ चैत २०७८ बिहीबार । तद्नुसार अप्रिल महिनाको ७ तारिक २०२२ । चैतशुक्लपक्ष षष्ठी, कौलव करण, मृगशिरा नक्षत्र, सौभाग्य योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान सूर्योदय ५:४१ मा भयोे भने सूर्यास्त ६:२५ मा हुनेछ ।

आजको देवता ब्रम्हा र ग्रहदेव शुक्र रहेको छ । बिहीबारको दिन अध्ययन अध्यापनका बारेमा काम गर्दा राम्रो छ । आज विहान ११:४२ देखि १२:३२ अभिजित मुहूर्त रहेको छ । भनिन्छ हरेक दिनको शुभ मुहूर्त भनेको अभिजित हो ।

मेष
सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।

वृष

आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । विहान सूर्योदयको दर्शन गर्नुहोला । आज तपाईंको सोचअनुसार काम हुनेछ ।

मिथुन
धनलाभ र नयाँनयाँ खबरले तपाईंको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईंले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।

कर्कट

कर्कट राशिका जातकहरूको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । चन्द्रमाको साथ भएकाले आजको दिन तपाईंको सोचअनुसारको काम गर्दा तपाईंलाई फाइदा हुन्छ । व्यापार ब्यबसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ ।

सिंह

सिंह राशिका जातकले बिहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईंलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईंको लागि शुभ हुनसक्छ ।

कन्या

यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला

तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक

आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईंले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु

परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईंको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईंको मनमा ऊर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

मकर

आजको दिन तपाईंल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।

मीन

बिहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ ।



सम्बन्धित खबरहरु

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता