English

‘शिरिषको फूल’ नाटक पोखरामा मञ्चन हुँदै



मदन पुरस्कार विजेता उपन्यास शिरिषको फूललाई नाटकमा देखाउन लागिएको छ । बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो । २७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन् ।

थिएटर मल र पोखरा थिएटरको सहकार्यमा हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुन लागेको आयोजकले जनाएको छ । शनिबार भने दिउँसो १ बजे पनि देखाइने छ ।

केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारले अभिनय गरेका छन् ।

थिएटर मलका संस्थापक तथा परिकल्पनाकार केदार श्रेष्ठले शिरिषको फूलको देशयात्रा पोखराबाट गर्न लागेको बताए । पोखरा थिएटर संस्थापक परिवर्तनले पोखरालाई नाटकको सहरका रूपमा चिनाउन यो नाटक अझै प्रभावकारी हुने बताए ।

पोखरा थिएटरले स्थापनादेखि नै विभिन्न रंग समूहसँगको सहकार्यलाई महत्व दिँदै आएको छ । औपचारिक रूपमा पोखरामा रंगमञ्च तयार गरेर भर्खरै नाटक देखाउन थालिएको हो ।

यो पनि…
निफमा बहस : राम्रो अभिनय के हो ?

गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक



सम्बन्धित खबरहरु

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे