English

सेयर बजारमा आज पनि दोहोरो अङ्कले गिरावट



सेयर बजार आज बुधबार पनि दोहोरो अङ्कले घटेको छ । पछिल्लो दुई दिन लगातार उच्च अङ्कले घटेको नेप्से आज २३ दशमलव ३२ अङ्कले घटेर दुई हजार चार सय २८ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज व्यापार, जीवन बीमा र अन्य समूहबाहेक अरू सबै समूहको सेयर घटेको छ ।

दुई सय २६ वटा कम्पनीका ४३ लाख ७२ हजार कित्ता सेयर एक अर्ब ९९ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

दुई सय २६ वटा कम्पनीका ४३ लाख ७२ हजार कित्ता सेयर एक अर्ब ९९ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालको सेयर १० प्रतिशतले घटेको छ । यस्तै, राष्ट्र उत्थान लघुवित्तको सेयर झन्डै साढे पाँच प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार घटे पनि नेस्डाे समृद्ध लघुवित्तको सेयर १० प्रतिशतले तथा सोल्टी होटल र तारागाउँ रिजेन्सीको सेयर झन्डै चार प्रतिशतले बढेको छ ।

यो पनि
ओरालो लागेको अर्थतन्त्रप्रति सरकारको चासो
नेप्सेमा ठूलो पहिरो



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested