English

विश्व इतिहासका मुख्य पाँच घटना



आज ६ अप्रिल २०२२ । विश्व इतिहासमा आज पनि केही महत्त्वपूर्ण घटनाक्रमहरू विकसित भएका थिए । आजकै दिन आधुनिक ओलम्पिक खेल सुरु भएको थियो भने इतिहासमा आजबाटै पहिलो व्यावसायिक सञ्चार स्याटलाईट सुरु भएको थियो । प्रस्तुत छ इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम :

रुवान्डामा जातीय नरसंहार
सन् १९९४ मा रुवाण्डामा नरसंहार सुरु भएको थियो । रुवान्डाका तत्कालीन राष्ट्रपति जुभेनल हब्यारिमाना र बुरुन्डीका राष्ट्रपति साइप्रियन न्तारियामिराको हत्याले जातीय टुटसिसहरूको सामूहिक नरसंहारलाई उत्प्रेरित गरेको थियो । नरसंहारमा लाखौँ पीडित बनेका थिए ।

पहिलो व्यावसायिक सञ्चार स्याटलाईट
सन् १९६५ मा पहिलो व्यावसायिक सञ्चार स्याटलाईट सुरु भएको थियो । अर्ली बर्डसमेत भनेर चिनिने जेमिनी ट प्रशान्त महासागरमा अवतरण गर्दा स्पेसक्राफ्ट स्प्लासडाउनको पहिलो प्रत्यक्ष टिभी प्रसारणलाई सहज बनाएको थियो ।

पहिलो सामूहिक विश्व उडान
सन् १९२४ मा विमान चालकहरूको एउटा समूहले पहिलो पटक सामूहिक विश्व उडान सुरु गरेको थियो । चार वटा विमान सिएटलबाट पश्चिमतर्फको मार्गमा छुटेका थिए । तिनीहरूमध्ये दुइ वटा १५७ दिन पछि एउटै स्थानमा पुगेका थिए ।

पहिलो पटक उत्तरी ध्रुवमा पुगेको दाबी गर्ने व्यक्ति
सन् १९०९ मा रोबर्ट पेरीले आफू उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति भएको दाबी गरेका थिए । तर पेरीको दावी अहिलेसम्म पुष्टि हुन सकेको छैन । उत्तरी ध्रुवको पहिलो निर्विवाद यात्रा १९४८ सोभियत सेभर–२ अभियान थियो ।

पहिलो आधुनिक ओलम्पिक खेल
सन् १८९६ को ६ अप्रिलमा एथेन्समा पहिलो आधुनिक ओलम्पिक खेल सुरु भएको थियो । पहिलो ओलम्पियाडमा १४ देशका २४१ खेलाडीले भाग लिएका थिए । दक्षिण–पश्चिम ग्रीसको ओलम्पियामा सुरु भएको अन्तिम पुरातन ओलम्पिक खेल भएको १५ सय वर्षपछि यो खेल भएको थियो ।

यो पनि..
हमला प्रभाव : बालबालिकाको शरीरमा पारिवारिक विवरण

अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग
रुसी हमलामा मारिए फक्स न्युजका पत्रकार



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

Latest










Popular
Suggested