English

बुचा शहरमा भएको मृत्युबारे रूसको यस्तो प्रतिक्रिया



रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी दिमित्री मेदभेदभले युक्रेनी शहर बुचामा भएका मृत्यु फर्जी प्रचार भएको दाबी गरेका छन् । ‘यी नक्कली हुन् जुन युक्रेनी प्रचारको कल्पनामा परिपक्व हुन्छन्’ उनले भने ।

रूसी सेना फिर्ता भएपछि आक्रमणको बर्बरता चित्रण गर्ने डरलाग्दा तस्बिरहरू बुचा शहरमा सार्वजनिक भएका छन् । कुनै पनि युक्रेनी नागरिकले रूसी सेनाको हिंसात्मक कारबाहीको सामना गर्नु नपरेको रूसी रक्षा मन्त्रालयले दाबी गरेको छ । सी विदेशमन्त्री सर्गेई लाभरोभले किभ बाहिरका दृश्यहरूलाई रूस विरोधी उत्तेजना भनेका छन् ।

तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युद्ध अपराध गरेको बताउँदै आएका छन् । हत्यालाई ‘नरसंहार’ र ‘युद्ध अपराध’ भन्दै राष्ट्रपतिले जेलेन्स्कीले भने, ‘हामीलाई थाहा छ कि बुचामा हजारौं मानिस मारिएका छन् । महिला बलात्कृत भएका छन्, बालबलिका मारिएका छन् । रूसले युद्ध अपराध गरेको छ ।’

बुचामा सामूहिक चिहानहरू फेला परेको विवरण सार्वजनिक भएका छन् । तर रूसले उक्त आरोप ‘नक्कली’ भएको बताएको छ । बुचामा पाँच अज्ञात सर्वसाधारणको शव हात पछाडि बाँधिएको अवस्थामा शव भेटिएका थिए । शवको टाउकोमा गोली लागेको थियो ।


यो पनि..
हमला प्रभाव : बालबालिकाको शरीरमा पारिवारिक विवरण

अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग
रुसी हमलामा मारिए फक्स न्युजका पत्रकार



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

Latest










Popular
Suggested