English

स्थानीय निर्वाचन : जसले आफैंलाई पत्याएनन्



स्थानीय तहको निर्वाचनले राजनीतिक सरगर्मी हप्पकै बढेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न केन्द्रदेखि वडा तहसम्मका नेताहरूको दौडधुप निकै बढ्दो छ । राजनीतिक दल यतिबेला वडा तहमा उम्मेद्वार बन्न आकंक्षीको सुची तयार पार्दै छन् ।

स्वतन्त्र रूपमा उम्मेद्वारी दिनेहरूले भने धमाधम सामाजिक सञ्जाललाई प्रयोग गर्दै उम्मेद्‌वारी घोषणा गरिरहेको अवस्था छ । निर्वाचनमा उम्मेद्‌वारी दिएपछि सबैको रहर जित्ने हुन्छ । जित्नै नसके पनि कम्तिमा लोकप्रिय मत पाउनलाई कसरत धेरै उम्मेद्‌वारले गर्छन् नै ।

मतदाताको मन र मत जित्नलाई दौडधुप हुनु स्वभाविक पनि हो । तर अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनमा तनहुँका केही उम्मेद्‌वारले आफैंले आफैंलाई समेत भोट हालेनन् । अर्थात आफैंलाई पत्याएनन् र उनीहरूले शून्य मत प्राप्त गरेका थिए । न त उनीहरूले उम्मेद्‌वारी फिर्ता लिए न आफैंलाई मतदान गरे ।

२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौजना उम्मेद्‌वारको शून्य मत रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँकी सूचना अधिकारी दुर्गा आले मगरले बताइन् । तीन जना वडाध्यक्ष र छ जना वडा सदस्यका उम्मेद्‌वारले शून्य मत प्राप्त गरेको उनले जानकारी दिइन् ।

सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकाका चार जना, व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई/दुई जना र देवघाट गाउँपालिकाका एक जना उम्मेद्‌वारले आफैंलाई मतदान गर्न बिर्सिए ।

सूचना अधिकारी आलेका अनुसार व्यास नगरपालिका–१ मा पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट वडाध्यक्षमा उम्मेद्‌वारी दिएका उमराज नहर्की, शुक्लागण्डकी नगरपालिका–९ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेद्‌वार बनेका रामबहादुर नेपाली र देवघाट गाउँपालिका–५ मा स्वतन्त्र वडाध्यक्षमा उम्मेद्‌वारी दिएका कृष्णराज न्यौपानको मत शून्य आयो ।

मतदाताको मन र मत जित्नलाई दौडधुप हुनु स्वभाविक पनि हो । तर अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनमा तनहुँका केही उम्मेद्‌वारले आफैंले आफैंलाई समेत भोट हालेनन् । अर्थात आफैंलाई पत्याएनन् र उनीहरूले शून्य मत प्राप्त गरेका थिए । न त उनीहरूले उम्मेद्‌वारी फिर्ता लिए न आफैंलाई मतदान गरे ।

यस्तै आँबुखैरेनी गाउँपालिका–४ मा स्वतन्त्र वडा सदस्यका उम्मेद्‌वार राजु गुरुङ र सुकबहादुर गुरुङ, स्वतन्त्र महिला वडा सदस्यको उम्मेद्‌वार कौशिला गुरुङ र स्वतन्त्र उठेकी दलित महिला सदस्य मनमाया कामीले पनि आफैंलाई मतदान गरेनन् ।

व्यास–१२ मा नेपाल पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट वडा सदस्यमा निर्वाचन लडेका जनकबहादुर पन्थ क्षेत्री र शुक्लागण्डकी–३ मा संघीय समाजवादी फोरम नेपालका तर्फबाट दलित महिला सदस्यमा उठेकी पार्वती विक पनि मतविहीन भए । उम्मेद्‌वारी फिर्ता नलिएका तर अरू उम्मेद्‌वारलाई सघाएको कारण पनि शून्य मत भएको हुन सक्ने निर्वाचन कार्यालयको अनुमान छ ।

जिल्लाको १० स्थानी तह र ८५ वडामा एक हजार ५८२ जनाले उम्मेद्‌वारी दिएका दिए । एक दलित महिला सदस्य र सात दलित तथा अल्पसंख्यक गरेर आठ जना निर्वाचन अगावै उम्मेद्‌वारी दर्तासँगै विजयी भए । ४६१ निर्वाचनमा होमिएर विजयी भएका थिए ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता कायम थिए । तर एक लाख ३२ हजार ९४४ मत मात्र खसेको थियो । अर्थात ६१ हजार ५२७ मतदाता स्थानीय तहको निर्वाचन प्रक्रियामा सामेल भएनन् । खसेको मतमध्ये पनि तीन हजार १५४ मत बदर भएको थियो ।

यसपालि जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । यतिबेला सबै राजनीतिक दलहरू उम्मेद्‌वार छनोटका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।

यो पनि…
स्थानीय तह : झिनामसिना काम नै उपलब्धिको सूचीमा

‘योजनाअनुरूप तीव्र गतिमा काम गर्न सकिएन’ (भिडियो पनि)
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन