कोरोनाबाट मर्ने डरले आफ्नो सबै सम्पत्ती अर्कैलाई सुम्पिएपछि !
२०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा विश्वमै पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) फेला पर्यो । त्यसपछि अहिलेसम्म विश्वका २१५ भन्दा बढी देशमा यसको प्रकोप जारी छ ।
पछिल्लो समय झनै कोरोनाको प्रकोप बढिरहेको छ । यसैबीच चीनका एक युवकले कोरोनाबाट आफ्नो मृत्यु हुने डरपछि आफ्नो सबै सम्पत्ती अर्कैको नाममा राखिदिएका छन् ।

चाइना रजिस्ट्रेशन सेन्टरको एक रिपोर्टका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने डरले चीनमा यस्तो गर्ने युवाहरुको संख्या ६० प्रतिशत भन्दा धेरै रहेको बताइएको छ ।

सोमवार मात्रै शियाहोंग नामकी एक युवतीले २० हजार युआनको सम्पत्ती अर्कोको नाममा राखेकी छन् । चीनमा १८ वर्ष भन्दा माथिका मानिसले यस्तो काम गर्न मिल्ने कानून रहेको छ ।