अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !
विश्वभरका देश आफूलाई विकसित र सभ्य बनाउन लागि परेका छन् । केही देशले त आफ्नो पहुँच चन्द्रमा र मंगलसम्म पुर्याएका छन् । तर अहिलेसम्म यस्ता पनि केही देश छन्, जहाँ समाजको परम्परा भन्दै कुप्रथा कायम रहेको छ । यो देश किर्गिस्तान हो, जहाँ अहिलेसम्म पनि अपहरण गरेर ल्याएपछि बेहुली बनाएर भित्राइन्छ । त्यहाँ महिलालाई विवाह गर्नका लागि पहिला अपहरण गरिन्छ ।

२०१३ मा सरकारले यसलाई गैरकानूनी घोषित गरेकपनि अहिलेसम्म पूर्ण रुपमा नियम लागू गरेको पाइँदैन । त्यहाँ कही दिनअघि मात्रै २७ वर्षकी एक महिलालाई अपहरण गरियो । र पछि उनको हत्या गरिएको थियो । जसको बिरोधमा सरकारभर प्रदर्शन भयो । किर्गिस्तानको राजधानी बिश्केकमा ५ अप्रिलमा कामका लागि घरबाट निस्किएकी एजादा कनाटबकोवालाई तीन मानिसले जबरजस्ती अपहरण गरे ।

घरकाले उनलाई धेरै खोजे तर पाउन सकेनन् । पछि पुलिसले घटनाको अनुसन्धान गर्दै जाँदा राजधानी नजिकको एक गाउँमा एक मृत पुरुष र एजादा कनाटबकोवालाई मृत अवस्थामा भेटियो । हरेक वर्ष ८ हजारको हाराहारीमा किर्गिस्तानमा महिलाको अपहरणपछि विवाह हुने गरेको छ ।