रङ्गियो गुराँसको राजधानी
ताप्लेजुङ, म्याग्दी, खोटेहाङ, सङ्खुवासभालगायत देशभरका डाँडामा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँसको राजधानी भनेर चिनिने (टीएमजे) क्षेत्रमा वनैभरि ढकमक्क लालीगुराँस फुलेको छ । विश्वभर ३२ प्रजातिका गुराँसमध्ये यहाँ २८ प्रजाति पाइन्छ ।

सङ्खुवासभाको चौकी बजार नजिकै लालीगुराँस फुलेको छ। गुराँस फुल्न शुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढेको छ । यसैगरी खोटेहाङ गाउँपालिकाको पर्यटकीय स्थल रोक्सिम भञ्ज्याङको जङ्गलमा पनि लालीगुराँस फुलेको छ । यतिबेला मनै लोभ्याउने गरी जङ्गलभरि गुराँस फुलेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखा लालीगुराँसले रङ्गिएसँगै घोडेपानी आकर्षक र मनमोहक बनेको छ ।







यो पनि…
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा
चोलुङ पार्कको लालीगुराँसले तान्दै छ पर्यटक