English

नयनराज पाण्डेको नजरमा पढ्नैपर्ने ३ पुस्तक



आख्यानकार नयनराज पाण्डे ‘उलार’ उपन्यासबाट नेपाली साहित्यमा चर्चाको केन्द्रमा छन् । लू, घामकिरी र सल्लीपिर उपन्यास उनका अन्य चर्चित उपन्यास हुन् । उनका निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट कथासंग्रह पनि पाठकले रुचाएका छन् । संस्मरणत्मक कृति ‘यार’ पनि प्रकाशन गरेका उनको ‘जियरा’ पुस्तक यसै साता आउँदैछ । उनी चलचित्रको पटकथा लेखनमा पनि उत्तिकै जमे । प्रस्तुत छ, पाण्डेको नजरमा पढ्नैपर्ने ३ पुस्तकः

१. मुलुक बाहिर

लैनसिंह वाङ्देलको ‘मुलुक बाहिर’ उपन्यासले मेरो लेखनमा गहिरो प्रभाव पारेको छ । यसकारण मलाई यो उपन्यास निकै मनपर्छ । यस पुस्तकमा प्रवासी पीडा त छँदैछ, यसको लेखनको शैली शिल्प पनि वेजोड छ । वाङ्देल चर्चित चित्रकार पनि थिए । त्यसैले, पेन्टिङमा मुहार उतारझैं उनको लेखाईमा पनि चित्रात्मक शैली छ । यसले मलाई लोभ्याउँछ ।

२. एब्स्ट्रयाक्ट चिन्तन प्याज

शंकर लामिछानेको एब्सट्रयाक्ट चिन्तन प्याज पढ्नैपर्ने निवन्ध संग्रह हो । निवन्धको वास्तविक शक्ति बोेकेको छ, यो पुस्तकले । अहिले लेखकहरू आमरूपमा संस्मरणात्मक निवन्धमा केन्द्रित छन्, वैचारिक निवन्ध आउन सकिरहेको छैन । वैचारिक निवन्ध रहेको लामिछानेको कवितापङ्ति बोल्ने यो निवन्ध संग्रह प्रयोगमूलक ढंगले पनि सुन्दर छ ।

३. घुम्ने मेचमाथि अन्धो मान्छे

भूपि शेरचन आफ्नो समयको मात्रै होइन, यो समयका पनि उत्तिकै समसामयिक कवि हुन् भन्ने उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रहले प्रमाणित गर्छ । आफ्ना वलिया कविताले उनी अहिले पनि नेपाली कवितामा उचाईं लिईरहेकै छन् । विसंगति, व्यङ्ग्य, आक्रोशको जुन पोका उनले कवितामार्फत् थमाएका छन्, धेरै कविहरूको कविता लेख्ने आधार भएका छन् उनी । कवि मात्रै होइन, सबैले पढ्नैपर्ने पुस्तक हो ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।