English

नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्यका सियो नेपाल भित्रिएको हो । 

पछिल्लो आठ महिनामा कुल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको तथ्याङ्कले देखाउँछ । 

सो मूल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४ सय ७३ केजी सियो नेपालले आयात गरेको छ । 

विभागका अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारबाट नेपालमा सियो भित्रिएका छन् । 

नेपालले सबैभन्दा बढी सियो भारत र चीनबाट आयात गर्ने गरेको छ । चालू आर्थिक वर्षको सुरुवाती आठ महिनामा चीनबाट २ करोड ४४ लाख ३५ हजार रुपैयाँ र भारतबाट ७९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको देखिन्छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २ करोड ५४ लाख ३ हजार रुपैयाँ बराबरको सियो आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षमा आयात गरेको भन्दा बढी मूल्यको सियो नेपालले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आयात गरिसकेको छ । 

किन बन्न सकेन नेपाल कुनै वस्तुमा आत्मनिर्भर

कुनै पनि मुलुक एक्लै सबै वस्तुमा आत्मनिर्भर बन्न सक्दैन । धनी मुलुक होस् वा गरिब मुलुक, कोही पनि आत्मनिर्भर बन्न सक्ने अवस्था छैन ।

त्यसैले प्रतिस्पर्धात्मक विश्वबजारमा आफूले जे बेच्न सकिन्छ त्यो बेच्ने र आवश्यक वस्तु किन्ने हो । पछिल्ला तीन-चार दशकदेखि हामीले विश्व बजारमा कुनै खास वस्तु बेच्न सकेका छैनौँ।

हामी वस्तुभन्दा सेवा (मानव श्रम) बेच्ने मुलुकमा परिरहेका छौं । खाडीलगायत विभिन्न मुलुकमा हामी युवाको श्रम बेचिरहेका छौँ र त्यसबाट आएको पैसाले खाद्यान्न खरिद गरेर जीवन निर्वाह गरिरहेका छौँ। अहिलेको विश्वमा जसले वस्तु,सेवा, सीप र प्रविधि बेच्न सकेको छ त्यो मात्र सफल बनेको अवस्था छ। हामीले जस्तो सस्तो श्रम बेचेर कोही पनि मुलुक सम्पन्न हुन सकेको छैन।

हामीकहाँ सम्भावना र अवसर नभएका होइनन्। जलस्रोत र जडीबुटी मात्र राम्रोसँग बेच्न सके पर्याप्त आम्दानी हुन सक्छ। प्रत्येक वर्ष करोडौँको संख्यामा मानिस समुन्द्रको सयर गर्न पुग्छन्। आवश्यक प्रचारप्रसार र उचित प्रबन्ध गर्न सके तिनै मानिसलाई हिमाल हेर्न ल्याउन सकिन्छ। रमणीय र लोभलाग्दा हिमालका काखमा नरमाउने प्राणी कुन होला?

तर हामीकहाँ योजना बनाइँदैन। नेता र प्रशासक कसरी आफ्नो दुनो सोझ्याउने भन्नेमै चिन्तित छन्। मुलुकका लागि यहाँ सोच्ने कोही देखिएको छैन। खाडी मुलुकहरूमा अबको केही समयमा पेट्रोलियम पदार्थको सञ्चिति सकिँदैछ।

पेट्रोलियम पदार्थ बेचेर धनी भएका उनीहरूले अबको गन्तव्य पर्यटनलाई बनाउन थालेका छन्। अहिले त्यहाँ पर्यटन लक्षित पूर्वाधार बनाउने होड चलेको छ। अल्पकालीन योजना पनि बनाउन नसक्ने हाम्रो लागि दीर्घकालीन लक्ष्यको विषय त पर नै भयो।

हामीले कृषिलाई आफ्नो मुख्य पेसा बनाएको दशकौँ भइसकेको छ तर जीवन निर्वाह भने छिमेकी मुलुकले उत्पादन गरेको खाद्यवस्तुबाट भइरहेको छ। यस अर्थमा कृषिप्रधान मुलुक भन्नु अब आफैँमा लाजलाग्दो विषय बनेको छ।

यो पनि…
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।