English

पाकिस्तानी सर्वोच्च अदालतद्वारा इमरान खानको निर्णय बदर



पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय बदर गरिदिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश अउमर अता बन्दियाले संविधानको धारा ५ अनुसार सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्न पनि नमिल्ने फैसला सुनाएका छन् । ‘प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन ।’ प्रधानन्यायाधीशलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

विपक्षीद्वारा ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्ले संविधानको धारा ५ का आधारमा खारेज गरेसँगै प्रधानमन्त्री खानले संसद् भंग गर्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावलाई राष्ट्रपति आरिफ अल्भीले सदर गरेसँगै यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सोही रिटमाथि सुनुवाई गर्दै पाकिस्तानी सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । यससँगै पाकिस्तानमा राजनीतिक एवम् संवैधानिक संकट बढ्ने अनुमान गरिएको छ ।

यो पनि
श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
रूससँग शान्ति वार्ता जारी रहन्छ : युक्रेनी राष्ट्रपति



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested