English

छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता २६ चैतमा



भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । ओस्ला नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता यही २६ चैतमा मध्यपुर थिमी–४ बालकुमारी प्राङ्गणमा हुने प्रतियोगिताका संयोजक सुशील जोशीले जानकारी दिए ।

प्रतियोगितामा उपत्यकाका करिव तीन दर्जन धिमे खलः वा पुचः सहभागी हुने आयोजक ओस्ला नेपालका उपाध्यक्ष एवम् धिमे बाजा प्रतियोगिताका संयोजक जोशीले जानकारी दिए । एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीको सहभागीता हुनेछ । एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना बाद्यबाधकको सहभागीता हुनेछ ।

प्रतियोगिताको विजयी टोलीमध्ये प्रथम हुनेलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी सबै टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने ओस्लाका सचिव रोशन बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितालाई सफल बनाउन अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको र मूल समितिअन्तर्गत सुशील जोशीको संयोजकत्वमा कार्यक्रम समिति, प्रचार प्रसार उपसमिति, आर्थिक उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, प्राथमिक उपचार तथा स्वयम्सेवक उपसमिति गठन गरिएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा ओस्ला नेपालका पूर्वअध्यक्षले नगरपालिकाले सम्पदाहरूको पुनःनिर्माणसँगै मध्यपुर थिमि नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउनका लागि विभिन्न सम्पदाहरू निर्माण गर्दै विभिन्न कार्यक्रम आयोजना अघि बढाएको बताए । उनले पर्यटकीय गन्तव्य बनाउन नगरपालिकामा विभिन्न कार्यक्रमहरू गरिरहेको बताए ।

यो पनि…
‘ग्रहण’ फिल्म बनाउने घोषणा, कलाकार को-को ?
निफमा बहस : राम्रो अभिनय के हो ?
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested