ह्वात्तै बढ्यो फलफूल र तरकारीको मूल्य [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज चैत २२ गते मंगलबार एक किलोग्राम कागतीको मूल्य ३२५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ५५ रूपैयाँ तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज मूल्यको ३३ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३३ रूपैयाँ ३३ पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य ३५ रूपैयाँ, रातो मूला ४५ रूपैयाँ, सेतो मूला १३ रूपैयाँ ३३, भन्टा ३६ रूपैयाँ ६७पैसा, मटरकोशा ४६ रूपैयाँ ६६ पैसा तोकिएको छ ।
त्यसैगरी समितिले एक किलोग्राम स्याउको मूल्य २३५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २१० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ ।



यो पनि..
पालमुनि आगलागी पीडित, बालबालिका, वृद्धवृद्धा र बिरामीको बिचल्ली
फलफूल र तरकारीको मूल्यसूची