English

पालमुनि आगलागी पीडित, बालबालिका, वृद्धवृद्धा र बिरामीको बिचल्ली



सर्लाहीको धन्कौलका आगलागी पीडितको बिचल्ली भएको छ । एक साताअघि धन्कौल गाउँपालिका–५ हरकठवामा भएको भीषण आगलागीबाट १३ विपन्न परिवारको घरबार खरानी भएको थियो ।

आगलागीबाट घरबास गुमाएका उनीहरू अचेल त्रिपाल टाँगेर बसिरहेका छन् । चर्को घाममा दिनरात त्रिपालमुनि बस्नु पर्दा बालबालिका, वृद्धवृद्धा र बिरामीलाई निकै मुश्किल हुने गरेको पीडितहरूको गुनासो छ । हावाहुरी र बर्सातको समेत समय भएकोले दिनदिनै चिन्ताले सताउन थालेको पीडित विकाउ पासवानले बताए ।

आगलागी पीडित परिवारको लागि विभिन्न संघसंस्था, गाउँपालिका कार्यालय, जिल्लास्थित विपद् व्यवस्थापन समिति समेतको पहलमा त्रिपाल, खाध्यन्न, कम्बल, ग्याँस सिलिण्डर, चुलो, लत्ताकपडा र नगद ५-५ हजार रूपैयाँ वितरण गरिएकोे थियो । यस बाहेक कुनै व्यवस्थापन नभएको स्थानीयका भनाइ छ । उनीहरूले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए ।

सहयोगी संस्था र गाउँपालिकाले दिएको एकथान त्रिपाल र केही खाध्यन्नको भरमा गुजारा गर्न निकै कष्ट भइरहेको पीडितहरूको दुखेसो छ । खाद्यन्न वा अन्य सहयोगभन्दा पनि टाउको लुकाउने सुरक्षित आवासको व्यवस्था गरिदिन उनीहरूले माग गरिरहेका छन् ।

सहयोगी संस्था र गाउँपालिकाले दिएको एकथान त्रिपाल र केही खाध्यन्नको भरमा गुजारा गर्न निकै कष्ट भइरहेको पीडितहरूको दुखेसो छ । खाद्यन्न वा अन्य सहयोगभन्दा पनि टाउको लुकाउने सुरक्षित आवासको व्यवस्था गरिदिन उनीहरूले माग गरिरहेका छन् ।

विभिन्न ठाउँमा काम गर्ने राकेश साहले अब फेरि कमाएर घर बनाउने हिम्मत नभएको भन्दै राज्यले सहयोग गर्नुपर्ने बताए । फुसकै भए पनि राज्यले घर बनाइदिए ठूलो संकटमोचन हुने उनीहरूको भनाइ छ । आगलागीपछि खुला आकाशमुनि आइपुगेको र भएको सबै अन्नपात, लत्ताकपडा र फुसको झोपडीसमेत जलेर खरानी भएको लिलावती देवी पासवानले बताइन् ।

स्थानीय पीडित परिवारलाई सबैभन्दा धेरै बर्सातको समयमा आउने पानीले बिचल्लीमा पार्ने चिन्ता छ । पीडित रामनाथ पासवानले आफ्ना पाँचजना बालबालिकाकोे बिचल्ली भएको गुनासो गरे ।

आगलागीबाट सोही स्थानका प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, सितल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरूपमा जलेर नष्ट भएको वडा नम्बर ५ का वडाध्यक्ष गजेन्द्र महतोले बताए ।

हरिवन नगरपालिकामलंगवा नगरपालिकाबाट पुगेको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । यता गाउँपालिका अध्यक्ष राम आश्रय साहले अग्नीपीडिहरूलाई खाद्यन्न र त्रिपाल वितरण गरेको बताए ।

पीडित परिवारलाई २५ किलोको दरले चामल दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, चुलो, भाडावर्तन प्रदान गरेको उनले बताए । पीडितलाई कम्बल र त्रिपालसमेत वितरण गरेको गाउँपालिकाले जनाएको हो । ‘घर खर्च भनेर जनही ५-५ हजारका दरले नगदसमेत दिएका छौँ,’ उनले भने, ‘योभन्दा थप गर्ने गाउँपालिकाको योजना छैन ।’

यसैबीच विपद् व्य्वस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले तत्कालीन ब्यवस्थापनको काम गरिएको दाबी गरे । ‘घटनालगतै हामीले विभिन्न निकायसँगको सहकार्यमा केही राहत वितरण गरेका थियौँ,’ प्रजिअ गौतमले भने, ‘त्यसबाहेक हामीसँग ठूलो कोष र वितरणको कार्यविधि हुँदैन ।’

बर्सातको समयमा नजिकिएकाले उनीहरूलाई बेलैमा सुरक्षित आवासमा फर्काउनु पर्ने उनको भनाइ छ । यसको लागि प्रेदश सरकारअन्तर्गतको विपद् व्यवस्थापन समितिसँग समेत पालिकाले पहल गर्न सक्ने प्रजिअ गौतमले बताए ।

यो पनि…
धुवाँमुक्त गाउँ: धुवाँमा निस्सासिँदै गृहिणीहरू
बेनीको बजार जता बाटो त्यतै छ नजर
बसाइँसराइले रित्तियो गाउँघर, झाडी भए आँगन र पिँढी



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।