English

कुकुरले फेला पार्‍यो मानव खप्पर



खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ । साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए ।

सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गरेका थिए ।

दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

मानव खप्पर फेला परेपछि प्रहरीचौकी छितापोखरी र इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले कानुनी प्रकृया पूरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताए ।सांकेतिक तस्बिर

यो पनि…
पृथ्वीमा भेटियो ४ हजार वर्ष पुरानो भूतको सहर

विश्वभर एलियन जहाजको चर्चा
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested