English

महिलाको शारीरिक आकर्षणको मापदण्डहरू के–के हुन् ?



जहिले पनि यौवनपूर्ण अवस्थालाई महिलाको आकर्षणसँग जोडिन्छ । पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका महिलालाई आकर्षक मानिन्छ ।

त्यसैगरी, विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ । विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ । प्रायः सबै समाजमा महिलाको आकर्षणमा कम्मर–नितम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ ।

स्तन महिलाको अङ्ग भए पनि पुरुषले पनि यौन आनन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आकषिर्त हुन्छन् । स्तनलाई महिलाको सुन्दरतासँग जोडिन्छ । प्रायः पुरुषले आफूभन्दा केही होचा महिलालाई रुचाएको पाइन्छ ।

केही अपवादलाई छोडेर प्रायः व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आकर्षक पाउन सक्छ । दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग (निधार भएको भाग), मध्यभाग (आँखा, नाक, गाला) अनि तल्लो भाग (ओठ, चिउँडो) समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ ।

सम्भवतः तपाईं आकर्षित हुनुभएको महिलामा पनि यी कुरा पक्कै होलान् ।

विवाहित महिलाप्रति किन आकर्षित हुन्छन् पुरुष ?

कतिपय अविवाहित महिला विवाहित पुरुषप्रति आकर्षित भएजस्तै अविवाहित पुरुषहरू पनि विवाहित महिलाप्रति आकषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही सम्भावित कारणमध्ये केहीको चर्चा गरौँ ।

पुरुष स्वभावले नै यौनसम्पर्क राख्न लालायित हुन्छ । यौनसम्पर्कका लागि यौन साथीसँगको सम्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले सजिलो हुन्छ । अर्कोतर्फ पुरुष स्वभावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको विजयबोध गर्छ । त्यसैगरी, विवाहित महिला अनुभवी हुने आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आकषिर्त हुन्छन् ।

विवाहित महिलाहरू यस्ता सम्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन्, किनभने उनीहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरूका लागि खर्च गर्नुपर्ने बाध्यता पनि हुँदैन ।
विवाहित महिलाले त्यस्ता पुरुषसँग सामाजिक, आर्थिक भार उठाउन सहयोग गरोस् भन्ने अपेक्षा गरेका हुँदैनन् र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुँदैनन् । उनीहरूको उद्देश्य यौन सम्पर्क राख्नु मात्र हुन्छ ।

यस्तो समस्याबाट छुटकारा पाउने उपाय

तपाईं अहिले किशोरावस्थामै हुनुहुन्छ भने यो उमेरमा यौन भावनाको विकाससँगै विभिन्न किसिमका यौन परिकल्पना पनि गरिन्छ । यसै क्रममा विवाहित महिलाप्रति यौन रूपमा आकषिर्त हुन पुगिन्छ ।
तपाईं विवाहित महिलाप्रति आकषिर्त भए पनि उमेरको हकमा अझै पनि बढ्ने क्रममै हुनुहुन्छ ।

उक्त कुराका आधारमा तपाईंले आफू यसरी विवाहित महिलाप्रति आकर्षित भएको कुरालाई विश्लेषण गरेर कारण पत्ता लगाउनुभयो भने समाधानमा सहयोग पुग्न सक्छ ।
माथि गरिएका आकर्षणका कुरा हुँदाहुँदै पनि विवाहित व्यक्तिका लागि यो विवाहेत्तर सम्बन्ध हो । यसबाट श्रीमानलाई धोका दिएको नै मानिन्छ । यस्ता सम्बन्धले परिवारमा सम्बन्ध–विच्छेदसम्म पनि हुन सक्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले