English

शिक्षण पेसा छोडेर मौरीपालन व्यवसायमा



घार बोकेर बनमा

कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी-६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन् । व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर सो बनमा गएका हुन् ।

छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक बनमा पुग्ने गर्छन् । मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पुर्‍याउन पनि उनलाई कुनै समस्या छैन ।

‘मसँग धेरै मौरी त छैन । व्यवसायलाई विस्तारै बढाउँदै गएको छु,’ उनले भने, ‘मिहेनतअनुसार आम्दानी राम्रो छ । सिजनमा राम्रो आम्दानी हुन्छ । त्यहीँबाट आएको पैसाले घर खर्च, बालबालिकाको पढाइलगायतको सबै खर्च बेहोर्ने गरेको छु ।’ उनी मौरीपालन व्यवसायसँगै अन्य कृषि पेसामा समेत जोडिएका छन् । उनको सबै परिवार नै कृषिमा केन्द्रित छ ।

‘कृषिलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । राज्यले मौरीलाई पनि कृषिसँग जोडेको छ तर त्यसमा किसानलाई कुनै अनुदान सहयोग अहिलेसम्म पनि भएको छैन ।’ किसान बलबहादुरले भने, ‘स्थानीय सरकारले पनि सहयोग गरेको छैन । अन्य कृषि क्षेत्रमा अनुदान आउँछ ।’

उनी मात्रै होइन, पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा किसान आकर्षित हुन सकेका थिएनन् ।

विशेष गरी पूर्वी क्षेत्रबाट मौरीपालक किसान तोरी फुल्ने समयमा मौरीका घार बोकेर कैलालीका विभिन्न ठाउँमा आउने गर्छन् । त्यहाँबाट आएका मौरी पालक किसानबाटै मौरीपालनमा आकर्षित भएको पाइन्छ ।

शिक्षण पेसाभन्दा कृषि पेसामा बढी सम्भावना देखेपछि टेकबहादुर चौधरीले शिक्षण पेसा छोडेर कृषि पेसामा लागेको बताए । ‘मैले कृषिमा सम्भावना देखेकै कारण पनि शिक्षण पेसा छोडेर कृषिमा लागेको हुँ । मिहेनत बढी छ भने आम्दानी पनि बढी छ ।,’

कतिपय किसानले व्यावसायिकरूपमा काम सुरु गरेका छन् भने कतिपयले भर्खरै मौरी पालन व्यवसाय सुरु पनि गरेका छन् । बजारीकरणको समस्या नभएका कारण पनि किसानहरू मौरीपालन व्यवसायमा आकर्षित भएको पाइन्छ । किसानले अहिले उत्पादन भएको मह प्रतिकेजी ५०० मा भन्दा बढीमा बिक्री गर्दै आएका छन् ।

शिक्षण पेसा छोडेर व्यावसायिक मौरीपालनमा

जानकी-७ का टेकबहादुर चौधरी पेसाले शिक्षक थिए । उनले १७ वर्ष शिक्षण गरे । शिक्षण पेसाबाट सन्तुष्ट हुन नसकेका उनले अहिले शिक्षण पेसा छोडेर व्यावसायिक मौरीपालनमा लागेका छन् ।

शिक्षण पेसाभन्दा कृषि पेसामा बढी सम्भावना देखेपछि टेकबहादुर चौधरीले शिक्षण पेसा छोडेर कृषि पेसामा लागेको बताए । ‘मैले कृषिमा सम्भावना देखेकै कारण पनि शिक्षण पेसा छोडेर कृषिमा लागेको हुँ । मिहेनत बढी छ भने आम्दानी पनि बढी छ ।’ उनले भने, ‘अहिले म मौरीपालन व्यवसायमा लागेको छु भने अन्य परिवारका सदस्यहरू कृषिमा लागेका छन् ।’

उनले कृषि क्षेत्रमा निकै सम्भावना भएको भए पनि सरकारले उपलब्ध गराउने अनुदान वास्तविक किसानलाई भन्दा पनि आफ्नो नजिककालाई सहयोग हुँदै आएको र कृषि पेसामा नलागेकाले सहयोग पाउँदै आएको गुनासो गरे ।

अनुदान

पछिल्लो समयमा अन्य कृषि पेसासँगै किसानले मौरीपालनलाई समेत महत्त्वका साथ लिएका छन् । अन्य कृषि क्षेत्रका लागि आवश्यक मात्रामा बजेट विनियोजन भएको भए पनि स्थानीय सरकारल मौरी पालक किसानका लागि भने भर्खर अनुदानको व्यवस्था गर्न थालेको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिए । उनले चालु आर्थिक वर्षमा केही बजेट मौरीपालक किसानका लागि अनुदानको व्यवस्था गरिएको बताए ।

यो पनि…
कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने शिक्षक मौरीपालनमा रमाउँदै
मौरी पालनमा आकर्षण बढ्यो, चरन क्षेत्र घट्यो



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested