English

भाषण होइन गाली गर्छन् नेताहरू



स्थानीय तहको निर्वाचन मिति नजिकिँदै छ । निर्वाचनको तयारी स्वरुप विभिन्न राजनीतिक दलहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न प्रचार-प्रसारमा व्यस्त छन् । योक्रम शहरदेखि गाउँसम्मै जारी छ । दिनहुँ राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्न शीर्षस्त नेताहरूलाई भ्याइनभ्याइ हुने गरेको छ । जब नेताहरू भाषण गर्न मञ्चमा उक्लिन्छन् तब उनीहरू एकअर्को पार्टीका नेताहरूलाई तथानाम गाली गर्छन् । के बोल्न हुने के नहुने पनि हेक्का नेताहरू राख्दैनन् । मानौं, नेताहरू भाषण होइन गाली गरिरहेका छन् । चुनाव केन्द्रित कार्यक्रममा केही नेता तथा पार्टीका बोली यस्ता छन् :

प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमन र प्रतिक्रियावादीहरूलाई परास्त गर्न गठबन्धनको जरुरत भएको बताए । महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो बताएका हुन ।

माओवादी केन्द्र संविधान र संघीयताको रक्षाको लागि निरन्तर लागि परेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘केपी गुटले सुरु गरेको प्रतिगमनलाई त अन्त्य गर्‍यौं तर प्रतिगमनको खतरा अझै बाँकी छ ।’

अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बताए । नेकपा एमालेले महत्त्वपूर्ण विषयहरूलाई समेत बेवास्ता गर्दै निरन्तर संसद् अवरुद्धमा लागेको बताउँदै कतिपय मधेशका मुद्दाहरू समेत ओझेलमा पर्नु मुख्य कारक एमाले नै भएको उनको जिकिर छ ।

मधेश प्रदेशमा मुख्य समस्याको रूपमा रहेको नागरिकताको मुद्दालाई समेत माओवादी केन्द्रले बोकीरहेको अध्यक्ष प्रचण्डको दाबी छ । अध्यादेशमार्फत नागरिकताको मुद्दा टुंग्याउन प्रधानमन्त्री शेरबहादुरसग पटक–पटक छलफल भएको बताउँदै सकेसम्म चाँडै टुंग्याउनेतर्फ उन्मुख भैइरहेको उनले बताए ।

अहिले देशमा माओवादीको नीतिअनुरुप संघीयता कार्यान्वयन भैइरहेको बताउँदै उनले भने, ‘जस्को नीति त्यसको नेतृत्व नहुँदा तपाईंहरूलाई अचम्म लागेको होला तर हामी संविधान रक्षाको लागि जस्तोसुकै त्याग गर्न पनि तयार छौं ।’

प्रतिगमन र प्रतिक्रियावादीहरूलाई परास्त गर्न माओवादीले थुप्रै प्रधानमन्त्री बनाउन सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । प्रतिगमनकारीहरू अझै माओवादीलाई सिध्याउन लागि परेको बताउँदै उनले भने, ‘जनयुद्धको बेला पनि कसैले बयलगाडा चढेर अमेरिका जानू र गणतन्त्र स्थपना हुनु उस्तै भएको बताउथें ।’

१० वर्षसम्म जनयुद्धले गरेको प्राप्तीहरूलाई समाप्त पार्न कतिपय थुप्रै पटक लागि परेता पनि त्यो परिकल्पना पूरा हुन नसक्ने अध्यक्ष प्रचण्डको जिकिर छ । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको मलजलमा लागि परेकाहरूलाई बालुवाटारबाट बालकोट पुर्‍याएको बताए ।

घर–घरमा सिंहदरवारको परिकल्पनाअनुसार नै गाउँ–गाउँमा स्थानीय सरकार भएको बताउँदै जस्को नीति त्यसैलाई नेतृत्व प्रदान गर्नपनी अध्यक्ष प्रचण्डले जनसमुदायलाई अपिल गरे । माओवादी सधैंभरी दुःख, सुःखको साथी भएको बताउँदै उनले माओवादीहरूले नेतृत्व गरेको देशैभरीका पालिका उत्कृष्ट रहेको दाबी गरे । सवैधानिक अंगहरूले गरेको एक मूल्यांकन अनुसार उत्कृष्ट ५ मध्य ३ पालिका माओवादीको नेतृत्वमा रहेका पालिका भएको उनको भनाइ छ ।

राजेन्द्र लिङ्देन

राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरूको गृहजिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागीता थियो ।

एमाले अध्यक्ष ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासहित नेताको गृहजिल्ला रहेको झापामा शक्ति प्रदर्शन गरेर लिङ्देनले आफ्नो दमदार उपस्थिति देखाएको स्थानीयले बताए ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देनले आइतबार शक्ति प्रदर्शन गरेर प्रतिस्पर्धी दलहरूलाई ठूलो चुनौती दिएका छन् ।

गत स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको कचनकवलको बनियानीमा आइतबार राप्रपाले विशाल आमसभा गरेको हो । सो आमसभामा हजारौँ मानिस सहभागी भएर लिङ्देनको नेतृत्वलाई अनुमोदन गरेको राप्रपा नेताहरूले बताएका छन् । गत मंसिरमा पार्टीको सम्पन्न महाधिवेशनमा कमल थापालाई पराजित गरेर लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।

कांग्रेस, एमाले, माओवादीसहितका दलहरूलाई चुनौतीका रुपमा देखिएका लिङ्देन आगामी निर्वाचनमा कमजोर उम्मेदवार होइनन् भन्ने देखिएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै छ । निर्वाचनको तयारी स्वरुप विभिन्न राजनीतिक दलहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न प्रचार-प्रसारमा व्यस्त छन् । योक्रम शहरदेखि गाउँसम्मै जारी छ । दिनहुँ राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्न शीर्षस्त नेताहरूलाई भ्याइनभ्याइ हुने गरेको छ । जब नेताहरू भाषण गर्न मञ्चमा उक्लिन्छन् तब उनीहरू एकअर्को पार्टीका नेताहरूलाई तथानाम गाली गर्छन् ।

२०६३ सालमा तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले गरेको ‘प्रतिनिधिसभा घोषणा’मा देशलाई धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्र घोषणा गराउने कार्यमा अग्रणी भूमिका खेलेका कांग्रेस नेता सिटौलालाई पराजित गरेका लिङ्देनले संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रविना देशको विकास र समृद्धि सम्भव नरहेको बताए । सभालाई लिङ्देनसहित प्रदेश १ का अध्यक्ष राम थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

नयाँ नेतृत्व पाएको राप्रपाका कार्यक्रममा मानिसको व्यापक सहभागीताले अन्य दललाई चुनौती थपिएको छ । अन्य दलको कार्यक्रममा भन्दा राप्रपाको कार्यक्रममा भएको नागरिकको उत्साहजनक सहभागीताले आउँदो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति बलियो बनाउने देखिएको छ ।

मौजुदा प्रतिनिधिसभामा राप्रपाबाट लिङ्देनको मात्र सहभागीता छ । तर अब लिङ्देनकै नेतृत्वमा राप्रपाले संसदमा दमदार उपस्थिति जनाउने राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन् ।

उपेन्द्र यादव
जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय र वर्गीय आधारमा भइरहेको विभेदविरुद्ध सडक र संसद् लडाइँ गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । सप्तरीको सडक योजनाको शिलान्यास गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । अध्यक्ष यादवले भने, ‘जबसम्म देशका सबै जनतालाई समान अधिकार र व्यवहारको वातावरण बन्दैन तबसम्म संघर्ष जारी रहन्छ ।’

विभेद राष्ट्र निर्माणका लागि बाधक रहेकोले यसलाई जराबाटै उखेल्नु पर्नेमा जोड दिए । उनले एकै दिन जिल्लाका चार वटा सडक निर्माण योजनाको शिलान्यास गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा थप दुई सडक र क्षेत्र नम्बर १ मा दुई वटा सडकको शिलान्यास गरेका हुन् ।

राजविराज नगरपालिका वडा नम्बर–१० स्थित पूजापाठ गरी दिघबा–बिरौल–डुमरी–भरुवा–झल्हीफर्सेठ–सिगियौंन–तिलाठी–चट्टी टोल–लोखरम–लालापट्टी सडकको उनले शिलान्यास गरे ।

उक्त सडकको कूल बजेट ५४ करोड ८९ लाख ५६ हजार ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेकोमा रमण जेएस आइभी कन्सट्रक्सनसँग उक्त सडक ३१ करोड ३८ लाख ८७ हजार १ सय १८ रुपैयाँ ५६ पैसामा निर्माण गर्ने सम्झौता भएको छ ।

यसैगरी महदेवा गाउँपालिका वडा नम्बर–१ पकरीदेखि–सोनरा–तोपा हुँदै राजविराज वडा नम्बर १५ मुसहरनियाँ–विषहरिया सकरपुरा हुँदै रम्पुरा–डलवासम्मको सडक समेत शिलान्यास गरेका छन् ।

उक्त सडकको शिलान्यास तोपामा अध्यक्ष यादवले पूजापाठ गरी शिलान्यास गरेका हुन् । उक्त सडकको कूल बजेट कर ५४ करोड ६३ लाख हजार ७ सय ५१ रुपैयाँ रहेकोमा रमण जेएस आइभी कन्स्ट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपैयाँ २८ पैसामा निर्माण गर्ने जिम्मा पाएको छ ।

यस्तै संघीय सरकारको रणनीतिक सडकअन्तर्गत कूल बजेट २५ करोडको लागतमा सप्तरीको भारदह डाढा, पकरी सडक खण्डलाई समेत भारदहमा पूजापाठ गरी शिलान्यास गरेका हुन् । राजविराजदेखि भारदहसम्म दुई लेनको रूपमा विकास गरिने जसपा केन्द्रीय सदस्य अशोक यादवले बताए ।

केपी ओली
एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिस्ट हुने बताएका छन् । एमाले निकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिस्ट हुने बताए ।

देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै उनले नाफामूलक राजनीति गर्नेले नाफा नहुनेबित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाए । समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उनले देश र जनताको समानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताए ।

आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउँदै ओलीले राजनीतिक आस्थाभन्दा राष्ट्रहितको विषयमा मिलेर काम गर्न सकिने उल्लेख गरे ।

यो पनि…
ओलीका ६ आक्रोश अनि ३ खुसी

आखिर करिश्माले किन छानिन् एमाले ?



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन