English

पसिनाको दुर्गन्ध यसरी हटाउनुहोस्



गर्मी मौसममा पसिना आउनु सामान्य कुरा हो तर पसिनाबाट आउने दुर्गन्धले भने समस्या निम्त्याउँछ । कहिलेकाहीँ खुट्टा, हत्केला र अन्डरआर्मबाट आएको पसिनाको दुर्गन्धले तपाईंलाई अरूसामु लाजमर्दो बनाउँछ । केही मानिसहरू थोरै गर्मी पनि सहन सक्दैनन् । त्यसैले यस समस्याबाट छुटकारा पाउने उपाय यस प्रकार छ :

चन्दन
शरीरको दुर्गन्ध हटाउन चन्दन प्रभावकारी हुन्छ । यसले पसिना आउने ब्याक्टेरियालाई मार्छ । चन्दनको लेप बनाएर लगाउनाले शरीरबाट पसिनाको दुर्गन्ध हट्नुको साथै पसिना आउन पनि कम गर्छ । जहाँबाट दुर्गन्ध आउँछ त्यहाँ चन्दनको लेप लगाउन सकिन्छ । यसो गर्दा पसिनाको दुर्गन्धको साथै पसिना आउन पनि कम हुन्छ ।

पुदिना
पुदिनामा धेरै औषधीय गुणहरू हुन्छ । दैनिक नुहाउने पानीमा पुदिनाको पात मिसाउँदा शरीरमा पसिनाको दुर्गन्ध आउँदैन र शरीर स्फूर्ति पनि हुन्छ । पुदिनाले शीतलता प्रदान गर्ने भएकोले यसको सेवन पनि गर्न सकिन्छ । यसको लेप बनाएर अत्यधिक पसिना आउने ठाउँमा लगाउँदा दुर्गन्ध हट्छ ।

गुलाब जल
नुहाउने पानीमा गुलाबजल मिसाएर नुहाउँदा पसिनाबाट आउने दुर्गन्धबाट छुटकारा मिल्छ । धेरै पसिना आउने ठाउँमा गुलाबजल लगाउँदा दुर्गन्ध हट्छ । गुलाब जल छालाको लागि पनि फाइदाजनक हुन्छ ।

नीमको पात
नीमले पसिनाको दुर्गन्धबाट छुटकारा दिलाउनुका साथै ब्याक्टेरियालाई पनि मार्छ । यसका लागि नीमलाई पानीमा उमालेर त्यही पानीले नुहाउने । यसो गर्दा पसिनाको दुर्गन्ध हट्छ ।

जेठी मधु र खसखस
आयुर्वेदिक रूपमा एकदमै धेरै प्रयोग हुने जडीबुटी जेठी मधु र खसखस पनि शरीरबाट पसिनाको दुर्गन्ध हटाउन लाभदायक हुन्छ । जेठी मधु र खसखसलाई पिसेर यसको लेप बनाएर अत्यधिक पसिना आउने ठाउँमा लगाउँदा यसले पसिनाको दुर्गन्धलाई हताउँछ ।

यो पनि…
बिहान सबेरै उठ्ने र दिनभर ऊर्जावान् रहने ५ उपाय

दूध र दहीको सेवन कति फाइदाजनक ?
महिलाले बिहान खानुहोस् यी चिज



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested