English

निफमा बहस : राम्रो अभिनय के हो ?



पाँचाैं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन शनिबार राम्रो अभिनय के हो ? विषयमा बहस भएको छ । सो क्रममा विभिन्न फिल्मकर्मी तथा नाट्यकर्मीहरूले बहस गरेका थिए ।

अभिनय आ–आफ्नो शैलीमा हुन्छ । एउटै पात्रलाई दुई अलग व्यक्तिले फरक शैलीमा प्रस्तुत गर्न सक्छन् ।

विपिनले अभिनयको पात्र आफूमा देख्न र देखाउन सक्नुपर्ने धारणासमेत अगाडि सारे ।
‘अभिनय आ–आफ्नो शैलीमा हुन्छ । एउटै पात्रलाई दुई अलग व्यक्तिले फरक शैलीमा प्रस्तुत गर्न सक्छन्’ विपिनले भने ।

सो अवसरमा आफ्ना भिन्न फिल्मका भिन्न पात्रको बारेमा चर्चा गर्दै कार्कीले पहिलो क्यारेक्टर दोश्रो क्यारेक्टरमा हाबी हुन सक्ने भन्दै कलाकारको लागि सबैभन्दा ठूलो चुनौती पहिलो पात्रलाई बिर्सने अभिनय गर्ने रहेको बताए ।

त्यस्तै, नाट्यकर्मी सुनील पोखरेलले कलाकार आफूप्रति इमानदार भएमात्र राम्रो अभिनय निस्कने बताए । फिल्म डाइरेक्टर र थिएटर एक्टरको माध्यम भएको बताएका उनले एक्टरलाई बाँधेर राम्रो अभिनय निस्कन नसक्ने सुनाए । पोखरेलले कलाकारले जमिनलाई बिर्सेको प्रसंगमा भने सटिक जवाफ फर्काए ‘जसले भुईँ छोड्छ, त्यो हराउँछ ।’

नाटकमा भन्दा फिल्ममा क्यारेक्टराइजेसन कमजोर हुने कलाकार सरिता गिरीले बताइन् । उनले नाटकको महिनौ रिहर्सलले अभिनय र क्यारेटराइजेसन बलियो हुने धारणा अगाडि सारिन् ।

‘थिएटर र फिल्म फरक माध्यम हो’ गिरीले थपिन्, ‘थिएटर कलाकारले लाउड अभिनय गर्छन् ।’ ‘पात्रलाई कसरी एडप्ट गर्ने भन्ने प्रसंगमा कलाकार गिरीले कुनै पात्रलाई डिटेलमा बुझ्ने, उसको इनर थट के हो ? टेक्स सब टेक्समा मनन गर्ने जसले गर्दा अभिनय जीवन्त हुन्छ’ गिरीले थपिन् । चलचित्र आमाको पात्रलाई बुझ्न रियल घटना र पात्रलाई लामो समयसम्म अध्ययन गरेको सुनाइन् ।

यो पनि
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली फिल्मले दर्शकलाई हलसम्म डोर्याउन किन सकेन ?



सम्बन्धित खबरहरु

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ ।

Latest










Popular
Suggested