English

आईपीएल : मुम्बई बैंगलोरसँग पराजित



इण्डियन प्रिमियर लीग (आईपीएल) को १४ औँ सीजनको पहिलो म्याचमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । टस हारेर ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको टार्गेट पाएको बैंगलोरले निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा १६० रन बनाएर लक्ष्य पूरा गर्यो । बैंगलोरले १९.५ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले ३९, विराट कोहलीले ३३ र एबी डिभिलियर्सले ४८ रन बनाए । योसँगै १४ औँ सीजनको पहिलो म्याच बैंगलोरले आफ्नो नाममा दर्ता गरेको छ । टीमले डिफेन्डिङ च्याम्पियन मुम्बईलाई पराजित गरेको हो । मुम्बईले २०१३ मा पछिल्लो पटक आफ्नो पहिलो म्याच जितेको थियो । बैंगलोरको भने यो जित अहिलेसम्मकै पहिलो ओपनिङ जित हो ।

बैंगलोरले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनाएको हो । म्याचमा मुम्बईका क्रिस लिनले ३५ बलमा ४९ रन बनाए । उनको यो डेब्यू म्याच समेत हो ।

१५ ओभरमा तीन विकेट गुमाएर १२८ रन बनाएको मुम्बईले बाँकि ३० बलमा ३७ रन जोड्न ६ विकेट गुमायो । मुम्बईका सूर्यकुमार यादवले ३१ र ईशान किशनले २८ रन बनाए । बैंगलोरका हर्षल पटेलले ५ विकेट लिए ।

यस म्याचका साथै ६ खेलाडीले आ आफ्नो टीमबाट डेब्यू गरेका छन् । बैंगलोरका लागि रजत पाटिदार, काइल जेमिसन, ग्लन म्याक्स्वेल, र डेनियल क्रिस्चियनले डेब्यू गरेका हुन् भने मुम्बईबाट अष्ट्रेलियाका क्रिस लिन, दक्षिण अफ्रीकाका तीव्र गतिका बलर मार्को जेनसनले डेब्यू गरेका छन् ।

मुम्बईबाट रोहित शर्मा (कप्तान), ईशान किशन, क्रिस लिन, सूर्यकुमार यादव, हार्दिक पाण्डे, क्रुणल पाण्डे, कीरोन पोलार्ड, मार्को जेन्सन, जयन्त यादव, ट्रेण्ट बोल्ट र जसप्रीत बुमराह रहेका छन् भने बैंगलोरबाट विराट कोहली (कप्तान), रजत पाटिदार, एबी डिभिलियर्स, ग्लेन म्याक्स्वेल, वाशिंगटन सुन्दर, डेनियल क्रिश्चियन, काइल जेमिसन, शाहबाज अहमद हर्षल पटेल, मोहम्मद सिराज र युजबेन्द्र चहल रहेका छन् ।

बैंगलोरले अहिलेसम्म तीनपटक ओपनिङ म्याच खेलेको छ, जसमा सबै म्याच हारेको थियो । बैंगलोरले २००९, २०११ र २०१६ मा ओपनिङ म्याच खेलेको थियो । गत सीजनमा कोहलीले १५ म्याचमा ४६६ रन बनाएका थिए भने सोही टीमका देवदत्त पडिक्कलले १५ म्याचमा ४७३ रन बनाएका थिए ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार