घरमा मनी प्लान्ट लगाउनुका यस्ता छन् फाइदा
घरमा रोपिएका बिरूवाहरू निकै सुन्दर र आकर्षक देखिन्छन् । वातावरण शुद्ध हुनुका साथै घरको वातावरणलाई पनि रमाइलो राख्छ । तर, वास्तुका अनुसार केही यस्ता बिरूवाहरू छन् जसले हाम्रो जीवनमा पनि गहिरो प्रभाव पार्छ । यस्तो अवस्थामा मनी प्लान्टलाई घरमा लगाउनु निकै फाइदाजनक हुन्छ ।
घरको सौन्दर्य बढाउन
मनी प्लान्ट धेरै सुन्दर हुन्छ । यसले घरको सौन्दर्य बढाउने काम गर्छ । साथै, यस्तो हरियो बिरूवाले मुड पनि फ्रेस बनाउँछ ।
आर्थिक अवस्था मजबुत बनाउन
घरमा मनी प्लान्ट लगाउनाले आर्थिक अवस्था मजबुत हुन्छ । वास्तुका अनुसार यसलाई धनकी देवी लक्ष्मीको रूप मानिन्छ । मनी प्लान्ट जति ठूलो र हरियाली हुन्छ त्यति नै घरमा धन आउने जनविश्वास छ । साथै, परिवारमा खुसीयाली ल्याउँछ ।
परिवारमा माया बढ्छ
घरमा भइरहेको लगातार झगडा हुँदा मनी प्लान्ट रोप्नु शुभ मानिन्छ । साथै, परिवारका सदस्यहरूमा सम्मानको भावना राख्नुका राथै माया पनि बढाउँछ ।
वास्तुदोषलाई हटाउन
घरमा वास्तु दोष भएमा मनी प्लान्ट लगाउनु फाइदाजनक हुन्छ । यसले वास्तु दोष हटाउँछ र घरमा सकारात्मकता फैलाउँछ ।
यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक