English

लुम्बिनीमा कांग्रेस : गठबन्धनको विषयमा संस्थापन र इतर समूह बाझिए



लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संस्थापन इतर समूह चुनावी गठबन्धनको विपक्षमा देखिएको छ । प्रदेशका कतिपय जिल्लामा चुनावी गठबन्धनको तयारी भइरहेका बेला कांग्रेसको संस्थापन इतर समूहले भने आफूलाई गठबन्धनको विपक्षमा उभ्याएको हो ।

लुम्बिनी प्रदेशका कतिपय जिल्लामा गठबन्धन गरेर चुनाव लड्ने तयारी भइरहेका बेला इतर समूहको यस्तो धारणा आएको हो । अर्घाखाँचीमा पाँच दलले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन् भने रुपन्देहीमा चुनावी तालमेलका लागि संयन्त्र गठन गरिएको छ ।

तर, यसमा देउवा समूहका नेता मात्रै सहभागी छन् । रुपन्देहीमा संयन्त्र गठन गर्ने बैठकमा पनि संस्थापन निकट नेता मात्रै सहभागी थिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस कमजोर हुने बताए । ‘कांग्रेस कमजोर हुनेगरी गरिने गठबन्धन हामीलाई स्वीकार्य छैन,’ उनले भने ।

सभापति पुनले कांग्रेस एक्लै चुनाव लड्दा पनि दुईतिहाइ स्थानीय तह जित्ने दाबी गरे । यद्यपि, स्थानीय तहका पार्टी तहका कमिटीले निर्णय गरे मात्रै तालमेल सम्भव हुने उनको भनाइ छ । ‘यसको जिम्मा पालिका कमिटीलाई नै छोडिदिनुपर्छ, कसैले निर्णय लादेको भरमा तालमेल सम्भव छैन,’ उनले भने ।

‘आमकार्यकर्ताको चाहना तालमेल नहोस् भन्ने छ, कार्यकर्ताको भावनाविपरीत अघि बढ्न खोजिए नसोचेको परिणाम आउँछ,’

कार्यकर्ताको भावनाविपरीत तालमेल गरिए अनपेक्षित परिणाम आउने पनि उनले चेतावनी दिए । ‘आमकार्यकर्ताको चाहना तालमेल नहोस् भन्ने छ, कार्यकर्ताको भावनाविपरीत अघि बढ्न खोजिए नसोचेको परिणाम आउँछ,’ सभापति पुनले भने ।

नेपाली कांग्रेस बुटवल उपमहानगर कमिटी सदस्य खेलराज पाण्डेले जिल्लामा गठबन्धनको संयन्त्र गठन भएकोबारे आफूलाई जानकारी नभएको बताए ।

संस्थापनइतर समूहका नेता पाण्डेले भने, ‘म काठमाडौंमा थिएँ, तालमेलका लागि संयन्त्र गठन भएकोबारे मलाई जानकारी भएन ।’ कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले पार्टीलाई कमजोर पार्ने भूमिका कसैले खेल्न नहुने बताए ।

यो पनि
भारत भ्रमणका नाममा प्रधानमन्त्री देउवाले तोडे यी परम्परा
देउवाको प्रश्न : ‘भोलि एमाले र माओवादी मिले के गर्ने ?’ 



सम्बन्धित खबरहरु

गायक तथा संगीतकार विनय कार्की र उनको ब्यान्ड “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो गीत “नयाँ नयाँ“ को भिडियो

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक सिनेमा हो । महिला चरित्रले यो सिनेमा लिड गर्नेछ । यसको थिम पोस्टरले नै

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

काठमाडौं, नेपाल: प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ का आयोजक ग्लोकल प्रा.लि. ले यस वर्षका ग्लोकल २० अन्डर २० भनी पहिचान

Latest










Popular
Suggested