English

सेन्ट लरेन्स कलेजको विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न



चावहिलस्थित सेन्ट लरेन्स कलेजले बिएससी, सीएसआईटी र बिसीएको नयाँ शत्रमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा कलेजले विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत आइटी इनोभेसन सेन्टरका निर्देशक प्रा.डा. सुवर्ण शाक्य प्रमुख अतिथि थिए । यसैगरी, खल्ती एपका सिइओ विनय खड्का, कोड फर कोर इनोभेसनका संस्थापक निर्देशक राजकुमार पुडासैनी, इन्टरनेट सेवा प्रदायक संस्था सुविसुका विजनेस युनिट म्यानेजर फणिन्द्र दाहाल लगायत अतिथिका रुपमा थिए ।

कलेजका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कलेज प्रमुख पुरुषोत्तम महर्जनले आइटीको विश्व परिवेशमा बढ्दै गएको महत्वका बारेमा बताएका थिए । ‘पछिल्लो समय विश्व परिवेशमा आइटीको महत्व र व्यापकता बढ्दै गएको छ,’ उनले भने, ‘कोरोना महामारीपछि यसको महत्व झनै बढ्दै गएको छ त्यसैले सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुले आफ्नो करिअरलाई सफलतातर्फ उन्मुख गराउन मिहेनत गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

यसैगरी कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. शाक्यले नयाँ शत्रमा भर्ना भएका विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । साथै, बिएससी सिएसआइटीको स्कोप र यो विषय अध्ययन गर्दा विद्यार्थीले भविष्यमा कुन–कुन क्षेत्रमा आफूलाई स्थापित गर्न सक्छन् भन्ने बारे प्रष्ट पारेका थिए ।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष दंगालले सम्पूर्ण विद्यार्थीहरुलाई स्वागत गरे । ‘तपाईंहरु ठूलो संस्थाको सदस्य हुनुभएकोमा सबैलाई स्वागत गर्दछु,’ उनले भने, ‘सेन्ट लरेन्सले २५ औं (रजत) वर्ष पार गरिरहँदा यहाँबाट उत्पादन भएका थुप्रै विद्यार्थीहरुले सूचना प्रविधि क्षेत्रमा ठूलो फड्को मारेका छन् । अब तपाईंहरुले अध्ययनमा मिहिनेत गरी हामी सबैको शिर ठाडो राख्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

त्यस्तै, कलेजका आइटी कोअर्डिनेटर राजिब खड्काले विषयको संरचना, मार्किङ र कलेजको आचारसंहिताका बारेमा जानकारी गराएका थिए ।

२०६६ बाट बिएससी सिएसआइटी र २०७६ बाट बीसीएको अध्ययन अध्यापन सुरु गरेको कलेजले यी संकायमा क्रमशः ३६ र ३५ जना विद्यार्थी भर्ना लिँदै आएको छ । यो सँगै स्नातकतहमा बीबीएस, बीएसडब्लू र स्नातकोत्तरमा एमबीएसका कक्षाहरु पनि सञ्चालन गर्दै आएको कलेजले जनाएको छ ।



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार