English

कर्फ्यूपछि श्रीलंकामा सामाजिक सञ्जालमा प्रतिबन्ध



कर्फ्यू घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै, अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । यसको प्रष्ट कारण खुलाइएको छैन । तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘दूरसञ्चार नियामक आयोगद्वारा निर्देशित’ भन्ने सन्देश पठाइएको छ ।

नयाँ प्रतिबन्ध रोक्न पहलस्वरूप कठोर प्रतिबन्ध लगाइएको छ । बिहीबार एउटा भिडले राष्ट्रपतिको निजी आवासनजिक सबारी साधनहरूमा आगजनी गरेको थियो ।

टापुहरूको देश श्रीलंकामा चरम आर्थिक संकट निम्तिएको छ । देशमा दैनिक १२ घन्टाभन्दा बढी समय लोडसेडिङ छ । इन्धन तथा अत्यावश्यक खानेकुरा र औषधिको अभावमा सर्वसाधारण मानिसहरू आक्रोशित छन् ।

बिहीबार राष्ट्रपति गोटाबायो राजापाक्षेको कोलम्बोस्थित घरबाहिर हिंसात्मक आन्दोलन भएको थियो । प्रदर्शन शुरुमा शान्तिपूर्ण भए पनि पछि प्रहरी हस्तक्षेपका कारण हिंसात्मक बनेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि टियर ग्यास, पानीको छर्रा र लाठी प्रहार गरेपछि भीड अराजक बनेको थियो ।

ढुंगा प्रहार गरेर प्रदर्शनकारीले प्रहरीमाथि बदला लिएका थिए । प्रदर्शनकारीसँगको झडपमा कम्तीमा दुई दर्जन प्रहरी घाइते भएका छन् ।

श्रीलंका पछिल्लो समयमा चरम आर्थिक सकंटबाट गुज्रिरहेको छ । कागजको अभावमा लाखौँ परीक्षार्थीहरूको परीक्षा रोकिएको छ । त्यस्तै, अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव देखिन थालेको छ । यही समस्याबीच सरकारले आपतकाल घोषणा गरेको छ ।

यो पनि
श्रीलंकामा देशव्यापी कर्फ्यू
श्रीलंकामा आपतकाल घोषणा, सुरक्षा फौजलाई असिमित शक्ति प्रदान



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

Latest










Popular
Suggested