English

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम



विश्व इतिहासमा आज : आज ३ अप्रिल २०२२ । आज विश्व इतिहासमा केही घटना विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आजका दिन भएका केही घटनाक्रम :

प्राध्यापकबाट कुख्यात अपराधी बनेका गणितज्ञ पक्राउ
सन् १९९६ मा अराजकतावादी विचारबाट प्रेरित अमेरिकी कुख्यात अतिवादी टेड कान्जिस्की पक्राउ परेका थिए । पूर्वप्राध्यापकसमेत रहेका कान्जिस्कीले सन् १९७८ देखि १९९५ सम्म १६ वटा लेटर बम पठाएका थिए जसमा ३ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अनबम्बरसमेत भनिने कान्जिस्की कुनै बेला प्रतिभाशाली व्यक्ति थिए ।

अमेरिकामा मार्शल प्लान
सन् १९४८ को ३ अप्रिलमा अमेरिकाका ३३औँ राष्ट्रपति ह्यारी एस ट्रुम्यानले इकोनोमिक रिकभरी एक्ट, १९४८ मा हस्ताक्षर गरेका थिए । पछि यसलाई मार्शल प्लान भनेर चिनिन थालियो । दोस्रो विश्वयुद्धको अन्त्यपछि युरोपेली अर्थतन्त्रहरूको पुनर्निर्माण गर्न र कम्युनिस्टहरूलाई नियन्त्रणमा लिनबाट रोक्न सो योजनाअन्तर्गत १२ दशमलब ४ अर्ब डलर बिनियोजन गरिएको थियो ।

काटिन नरसंहार
सन् १९४० मा सोभियत फौजले करीब २२ हजार पोल्यान्ड नागरिकको हत्या गरेको थियो । काटिन नरसंहारलाई इतिहासमा युद्धबन्दीहरूको सबैभन्दा खराब नरसंहार मानिन्छ । जोसेफ स्टालिनले पोल्यान्डका सैन्य अधिकारी अफिसरसहितका सबै बन्दीलाई मृत्युदण्ड दिने आदेशमा हस्ताक्षर गरेका थिए ।

यो पनि…
‘हामी कसरी बाँच्छौँ हाम्रै हातमा हुन्छ’
बिहान सबेरै उठ्ने र दिनभर ऊर्जावान् रहने ५ उपाय



सम्बन्धित खबरहरु

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested