English

तरकारीमा परनिर्भरता चुलिँदै [तथ्यांकसहित]



नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ । आर्थिक वर्ष २०७७/७८ को (फागुन) मसान्तमा ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्यबराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो ।

झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने तरकारी अन्य मुलुकबाट आयात गरी भान्सा तयार गर्नुपर्ने भएपछि कृषि प्रधान मुलुक भन्दा आफैंमा लाजमर्दो विषय बन्दै गएको छ ।

सबैभन्दा धेरै आलु भारतबाट छ अर्ब ५६ करोड ४६ लाख ४३ हजार र बङ्गलादेशबाट २४ करोड ८१ लख ५९ हजार गरी कूल छ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बरबार भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ ।

सोही अवधिमा चार अर्ब ३० करोड ५४ लाख ३९ हजार मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ । भारतबाट ११ करोड ५५ लाख ३२ हजार ६८७ किलो र चीनबाट ७३ हजार ६८० किलो प्याज आयात भएको हो ।

नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ । आर्थिक वर्ष २०७७/७८ को (फागुन) मसान्तमा ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्यबराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो ।

त्यसैगरी यसै अवधिमा ४१ करोड १३ लाख ५६ हजार मूल्यका गोलभेँडा आयात भएको छ । भारतबाट ४१ करोड १३ लाख ४५ हजार र इन्डोनेशियाबाट ११ हजार मूल्यका गोलभेँडा आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

सो अवधिमा भारतबाट तीन करोड ८० लाख चार हजार ३३९ किलो र इन्डोनेशियाबाट ६२५ किलो गोलभेँडा आयात भएको छ । इन्डोनेशियाको गोलभेँडा सलादका लागि आयात भएको हो । तीनथरि तरकारीको आयातलाई तथ्याङ्कका रूपमा केलाउँदा गोलभेँडाको उत्पादनमा भने प्रगति हुँदै गएको देखिन्छ ।

आलु, प्याज र गोलभेँडा खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा आलु, प्याज र गोलभेँडाको परनिर्भरता चुलिँदै गएको देखिन्छ । नेपाल सरकारले आगामी दुई वर्षमा नेपाललाई तरकारी बालीमा आत्मानिर्भर बनाउने घोषणा गरेको भए पनि प्रतिफल न्यून देखिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी दुई वर्ष अर्थात् आव २०७७/७८ बाट प्रमुख तरकारी बालीमा नेपाल पूर्णआत्मनिर्भर हुने घोषण भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७४/७५ बाट सुरु भएको हो । परियोजना आव २०८२/८३ सम्म सञ्चालनमा रहने परियोजना व्यवस्थापन एकाइले जनाएको छ ।

झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने तरकारी अन्य मुलुकबाट आयात गरी भान्सा तयार गर्नुपर्ने भएपछि कृषि प्रधान मुलुक भन्दा आफैंमा लाजमर्दो विषय बन्दै गएको छ ।

नेपालका सबै जिल्लामा आलुखेती गरिन्छ । आलुखेती हुन थालेको २०० देखि २५० वर्षको इतिहास छ । आव २०७६/७७ को सरकारी तथ्याङ्कानुसार एक लाख ८८ हजार हेक्टर क्षेत्रफलमा आलुखेती भई वार्षिक ३१ लाख ३१ हजार ८३० मेट्रिक टन आलु उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ ।

यसै आवको आठ महिनामा भारत र बङ्गलादेशबाट दुई लाख ७२ हजार ७७१ मेट्रिक टन आलु आयात भएपछि नेपालीका लागि कूल ३४ लाख चार हजार ६०१ मेट्रिक टन आलु आवश्यक पर्दछ ।

प्याजखेतीमा नाफा नदेखेर किसान आकर्षित हुनसकेका छैनन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कानुसार आव २०७६/७७ मा लगभग तीन लाख मेट्रिक टन प्याज उत्पादन भएको तथ्याङ्क छ ।

चालु आवको आठ महिनामा भारत र चीनबाट एक लाख १५ हजार ६०६ मेट्रिक टन प्याज आयात भएको हो । नेपालीका लागि उत्पादन र आयातलाई हेर्दा झण्डै चार लाख १५ हजार ६०६ मेट्रिक टन प्याजको आवश्यकता पर्ने देखिन्छ ।


यो पनि…
आगामी दश वर्षमा चिनीमा आत्मनिर्भर हुन सकिन्छ
फलफूलमा यसरी बन्न सकिन्छ आत्मनिर्भर



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ