English

अभिनेता स्मिथले दिए ओस्कार एकेडेमीबाट राजीनामा



अमेरिकी अभिनेता विल स्मिथले ओस्कार एकेडेमीबाट राजीनामा दिएका छन् । आइतबार आयोजित ओस्कार पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिस रकलाई मञ्चमै थप्पड हानेपछि उनी विवादित बनेका थिए । क्रिस रकलाई थप्पड हानेको घटनाले संसारभर चर्चा भएको थियो ।

‘मैले एकेडेमीको अनुशासनात्मक सुनुवाइको सूचनालाई सीधै जवाफ दिएको छु । म मेरो आचरणको सबै परिणामहरू पूर्ण रूपमा स्वीकार गर्नेछु । ९४औं एकेडेमी अवार्ड प्रस्तुतिमा मेरो कार्यहरू स्तब्ध, पीडादायी र अक्षम्य थिए’ उनको विज्ञप्तिमा भनिएको छ ।

मञ्चबाट हास्य कलाकार क्रिसले अभिनेता स्मिथकी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेका थिए । ठट्टापछि स्मिथ आफू बसिरहेको स्थानबाट उठेर क्रिसलाई थप्पड हानेका थिए । थप्पड हानेपछि स्मिथको चर्को आलोचना भएको थियो । सो घटनापछि ओस्कार एकेडेमीबाट राजीनामा दिन दबाब बढेको थियो ।

यो पनि…
ओस्कारको मञ्चमा झगडा, उपाधि विजेताले नै कार्यक्रम प्रस्तोतालाई हाने मुक्का

सलमान खानलाई मन्त्री आलेले के भने ?
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’
हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले