English

शरीरमा सेतो रक्त कोशिका बढाउने घरेलु उपाय



सेतो रक्त कोशिका रगतमा उपस्थित कोशिकाहरूको एक प्रकार हो । यसले सङ्क्रामक रोगहरू र बाह्य हानिकारक प्रभावहरूबाट हाम्रो शरीरका कोशिकाहरूलाई जोगाउँछन् ।

यस्तो अवस्थामा हाम्रो शरीरमा सेतो रक्त कोशिकाको कमी भयो भने हामी धेरै रोगको चपेटामा पर्न सक्छौँ । त्यसैले शरीरमा सेतो रक्त कोशिकाहरूलाई नियन्त्रण गर्न धेरै महत्त्वपूर्ण छ ।

केही यस्ता घरेलु उपायहरू छन्, जसको सहायताले सेतो रक्त कोशिका बढाउन सकिन्छ । सेतो रक्त कोशिका बढाउने घरेलु उपाय यस प्रकार छ :

मेवाको पात
मेवाको पातमा एसिटोजेनिन्स हुन्छ जसले शरीरमा रक्त कोशिकाको सक्रियता बढाउँछ । यसबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यसका साथै मेवाको पात डेंगु ज्वरोमा पनि फाइदाजनक हुन्छ ।

शरीरमा सेतो रक्त कोशिकाहरू बढाउनको लागि मेवाको पातलाई राम्ररी धोएर यसमा अलिकति पानी राखी मिक्सरमा पिस्नुहोस् । यो जुसलाई फिल्टर गरेर नियमित पिउनुहोस् । स्वादका लागि यसमा मह पनि मिसाउन सक्नुहुन्छ । यसले शरीरमा सेतो रक्त कोशिकाहरू बढाउन सहयोग गर्छ ।

लसुन
लसुन शरीरमा सेतो रक्त कोशिका बढाउनका लागि निकै फाइदाजनक हुन्छ । यसमा इम्युनोमोड्युलेटरी र एन्टी–इन्फ्लेमेटरी गुणहरू छन् जुन शरीरमा सेतो रक्त कोशिकाहरू बढाउन प्रभावकारी हुन सक्छ ।

बिहान खाली पेटमा यसको नियमित सेवन गर्नाले शरीरलाई फाइदा हुन्छ । यसको साथै लसुनलाई धेरै प्रकारका परिकारमा पनि समावेश गर्न सकिन्छ । यसले शरीरमा सेतो रक्त कोशिकाहरू बढाउँछ ।

दही
दही स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ । यो रगतमा सेतो रक्त कोशिका बढाउन पनि लाभदायक छ । सेतो रक्त कोशिकाहरू बढाउन, नियमित रूपमा आफ्नो आहारमा एक कचौरा दही समावेश गर्नुहोस् ।

सूर्यमुखीको बिउ

सूर्यमुखीको बीउमा फस्फोरस, म्याग्नेसियम, भिटामिन ‘ई’, भिटामिन ‘बी ६’ जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ, जसले सङ्क्रमणसँग लड्न मद्दत गर्छ । शरीरमा सेतो रक्त कोशिका बढाउन यसलाई नियमित रूपमा आफ्नो सलादमा समावेश गर्न सक्नुहुन्छ ।

यो पनि….
दूध र दहीको सेवन कति फाइदाजनक ?

निद्राको कमीले स्वास्थ्यमा असर पर्न सक्छ
जीवन मन्त्र : जुनसुकै काम इमान्दारी र पूर्ण समर्पणका साथ गर्नुहोस्
दौडनुअघि जान्नुहोस् यी १० नियम



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।