English

‘हामी कसरी बाँच्छौँ हाम्रै हातमा हुन्छ’



तपाईंले जीवनलाई बचाइरहन सक्नुहुन्न- तपाईंले जीवन बिताउन मात्र सक्नुहुन्छ । चाहे तपाईं यत्तिकै बसिरहनुहोस् वा केही विलक्षण चीज सृजना गर्नुहोस्, चाहे केही मूर्ख्याइँ गर्नुहोस् वा केही सार्थक र प्रभावशाली काम गर्नुहोस्, तपाईं एकदिन अवश्य मर्नुहुनेछ ।

जेसुकै गरे तापनि, तपाईंले आफ्नो जीवन बिताउनु पर्नेछ- प्रश्न यत्ति हो कि कसरी ? हामीले आफ्नो जीवन कसरी बिताउने भनेर रोज्न सक्नु मनुष्यको सौभाग्य हो । अरू सबै जीवहरूको लागि यो पूर्णतः निर्धारित हुन्छ ।

हामी आफ्नो जीवन कति सुन्दर, कति गहन र कति भव्य रूपमा बाँच्छौँ वा कति मूर्खतापूर्ण तरिकाले, कति व्यर्थ अनि कति शिथिल र सुस्त रूपमा बाँच्छौँ भन्ने कुरा हाम्रै हातमा हुन्छ ।

म तपाईंलाई नयाँ वर्षको लागि कुनै मूर्खतापूर्ण सङ्कल्प गर्नुहोस् भनेर सुझाव दिँदिन । यो समयमा बाहिरी तहमा थुप्रै परिवर्तनहरू भइरहेका हुन्छन् । मानव जीवनको गुण तबमात्र साँच्चिकै बदलिन्छ, जब हामी आफूलाई भित्री रूपमा बदल्छौँ ।

अन्यथा, हामी संसारको एकदमै सुन्दर स्थानमा रहेर पनि दुःखी महसुस गरिरहेका हुन सक्छौँ । हामी संसारमा जे निर्माण गर्न चाहन्छौँ, त्यसको लागि हामीले थुप्रै शक्तिहरूलाई एकैठाउँमा ल्याउनुपर्ने हुन्छ । तर तपाईं आफूभित्र जे सृजना गर्न चाहनुहुन्छ, त्यसको निम्ति तपाईंले आफूलाई एकठाउँमा ल्याउनुपर्ने हुन्छ ।

यदि तपाईंले संसारमा केही अद्‌भुत चीज सृजना गर्न सक्नुभयो भने, त्यो गज्जब हुनेछ । तर कम्तीमा पनि तपाईंभित्र केही अद्‌भुत हुनैपर्छ । यदि तपाईंभित्र अद्‌भुत चीज भइरहेको छ भने, संसारमा सुन्दर चीज सृजना गर्नबाट तपाईंलाई कसैले पनि रोक्न सक्दैन ।

मानिसहरूले बाटोमा ढिस्को राखेर अवरोध सृजना गर्न सक्छन् । तर त्यो पनि हाम्रो लागि अवसर हो- गति कम गर्ने, सेरोफेरोमा नजर डुलाउने, मनोरम दृश्यको आनन्द लिने अनि फेरी गति बढाउने ।

यदि तपाईं आफूभित्र साँच्चिकै विलक्षण चीज हुन नदिइकन, संसारमा केही असाधारण चीज सृजना गर्ने कोसिस गर्नुहुन्छ भने, त्यो निरंकुश र विध्वसंक प्रक्रिया बन्न सक्दछ ।

मानव इतिहास त्यस्ता घटनाहरूले पूरै भरिएको छ । यहाँ सम्म कि एडोल्फ हिटलर, जसको नाम सर्वकालिक खराब व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा आउँछ, उनले समेत यो ठान्थे कि उनी केही सानदार चीज निर्माण गर्न गइरहेका थिए ।

तर उनी जसलाई सानदार ठान्दथे, त्यसको परिणाम अत्यन्तै भयावह थियो । जब तपाईंभित्र केही भद्दा वा कुरूप भइरहेका हुन्छन्, त्यसबेला तपाईं बाहिर केही सृजना गर्न खोज्नुहुन्छ भने, बाहिरको चीज तपाईंभित्रको कुरूपताको अतिरञ्जित (बढाइचढाइ गरिएको) रूप हुनेछ ।

अतः यो एकदमै महत्त्वपूर्ण छ कि यदि तपाईं केही रचना गर्न चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंभित्र केही अद्‌भुत चीज भइरहेको हुनुपर्दछ । चाहे जेसुकै गर्नुहोस्- अन्ततः तपाईंले संसारमा त्यस्तै केही गर्नुहुनेछ, जस्तो तपाईं वास्तवमा हुनुहुन्छ । सदगुरुको प्रवचन

यो पनि…
ॐ उच्चारणका फाइदा
ठूलो काम गर्दा अवश्य सल्लाह लिनुहोस्



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।