English

मंगलबारभित्र सबै किसिमका विद्यालयको विवरण पठाउन केन्द्रको अनुरोध [पत्र]



शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले मंगलबारभित्र सबै किसिमका विद्यालयको विवरण पठाउन अनुरोध गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न प्रारम्भिक बालविकास केन्द्र, विद्यालय, विशेष विद्यालय संख्या, घुम्ति विद्यालय संख्या, प्राविधिक धार सञ्चालित विदालय संख्या लगायतको विवरण पठाउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

यहि चैत १७ गते बिहीबार केन्द्रले स्थानीय तहलाई पत्र लेख्दै बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न जरुरी रहेकोले विवरण पठाउन अनुरोध गरेको हो ।

विवरण तयार गरी केन्द्रलाई यहि चैत २२ गते मंगलबारभित्र इमेल गर्न भनेको छ । यसका लागि आवश्यक सहजीकरण गर्न तथा गराउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पनि शाखाले अनुरोध गरेको छ ।

क्लिक गर्नुहोस्

यो पनि…
परीक्षाबारे शिक्षक सेवा आयोगले जारी गर्‍यो जरुरी सूचना
छनोट गरियो १४० विद्यालय, कारण यस्तो छ [नामसहित]



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested