English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. जापानस्थित सुमिडा पार्कमा मौसमी चेरी फूल अवलोकन गर्दै ।
२०.पनामा सहरस्थित पानीमा जाल हाल्दै ।
१९. रूसस्थित सूर्यास्तपछि मानिस ओहोर–दोहोर गर्दै ।
१८. दुबईस्थित एटलान्टिस होटलको पोखरी र समुद्र तटको दृश्य ।
१७. भारतको अहमदाबादमा दोस्रो राष्ट्रिय योगासना खेलकुद च्याम्पियनसिपको प्रदर्शन गर्दै ।
१६. सिङ्गापुरको वुडल्यान्ड चेकपोइन्टमा प्रवेश गर्ने सवारी साधनको लाइन ।
१५. कोस्टारिकास्थित समुद्र तटमा सूर्यास्त हेर्दै पर्यटक ।
१४. अक्सफोर्ड विश्वविद्यालयका महिलाले टेम्स नदीमा डुङ्गा चलाउन सिक्दै ।
१३. चीनको हेबेईस्थित सूर्योदयको दृश्य ।
१२. भेन्टियानका किसान चिया बगानमा चियापात टिप्न जाँदै ।
११. ग्रीसकाे एथेन्सस्थित मूर्ति ‘मामन’ मुनि मानिस हिँड्दै ।
१०. नरदेवी श्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्रामा द्वैत्यद्वारा नृत्य प्रस्तुत गर्दै ।
९.भक्तपुर सुकुलढोकामा छड्के तिलहरी उन्दै व्यवसायी ।
८.उपचार गर्न आर्थिक अभावका कारण भोजपुरको साल्पासिछो गाउँपालिका २ मा सात वर्षदेखि खोरमा थुनेर राखिएका युवा । स्थानीय छत्रबहादुर चौहानका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहान खोरमा बस्न बाध्य छन् ।
७.कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका मृग ।
६.सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध ।
५.बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलो गाउँ ।
४.कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा ऊखु बोकेर गुड उद्योगमा जाँदै टाँगा, तराईका जिल्लाहरूमा सामान ओसारपसार गर्न टाँगालाई सवारी साधनको रूपमा प्रयोग गर्ने गरिन्छ ।
३.पर्साको ठोरी गाउँपालिको ओडारमा चैते धान रोप्दै किसान । पर्सा जिल्लाको उत्तरी भेगका किसानले वर्षमा दुई बाली धान र एक बाली गहुँ उत्पादन गर्ने गरेका छन् ।
२.भक्तपुर नगरपालिका–४, कुम्हाले टोलमा खुत्रुकेमा रातो माटोको रङ्ग लगाउँदै महिला ।
१.म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा लालीगुराँस फूलेपछिको रमणीय दृश्य ।

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०