English

यौन जीवनमा निराश हुनुहुन्छ ? यसो गर्नुस्



सेक्स शरिरका लागि महत्वपूर्ण हुन्छ । तर, एकमा अधिक सेक्स चाहना हुनु र अर्कोमा फिटिक्कै नहुँदा सम्बन्ध टिकाउ हुँदैन । यसले यौन जीवनमा निराशता पैदा गर्छ । यस्तो समस्याबाट बच्नाका लागि दुवैलाई उत्तेजना हुन आवश्यक हुन्छ । जसका लागि यी तरिका अपनाउन सकिन्छ ।

फोर प्ले

सेक्समा फोर प्ले अति नै आवश्यक हुन्छ । निरन्तर फोर प्लेबिना सेक्स भए बिस्तारै सेक्स चाहना घट्ने सम्भावना रहन्छ । तसर्थ यौन क्रियामा पुग्नु पहिले प्रशस्त फोर प्ले अत्यावश्यक हुन्छ । यसले चरम सन्तुष्टि रूपमा मात्र दिँदैन, सम्बन्धमा निकटता ल्याउँछ ।

पहिरन

पहिरनले पार्टनरको सेक्स चाहना बढाइरहेको हुन्छ । त्यसकारण बेड अथवा यौन क्रियामा रम्ने भावना उब्जिँदा पार्टनरलाई मनपर्ने ड्रेसहरू प्रयोग गर्नुहोस्  ।

आकर्षक बेड

सुत्ने बेडलाई सकभर दुवैको चाहनाअनुसार आकर्षक बनाउनुपर्छ । हेर्दा चिटिक्क, आकर्षक, सफा र लुटुपुटु गरौँ जस्तो लाग्ने बेड बनाउनुपर्छ । यसले पनि सेक्स चाहना बढाउन मद्दत गर्छ ।

उत्प्रेरक

सेक्स गर्दा कुन कुराले पार्टनरको सेक्स चाहना बढ्छ त्यो कुरा ख्याल राख्नुपर्छ । कुराकानी, तर्क, उदाहरण, म्युजिक, हेराई आदि कुराले सेक्स चाहनामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ  । ती कुरालाई ध्यानमा राखी पार्टनरसँग सोहीअनुसार व्यवहार गर्नुपर्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी