English

नेपाल अपराजित रहँदै फाइनलमा प्रवेश



त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट श्रृंखलामा नेपाल शतप्रतिशत जितसहित फाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा मलेसियालाई ८५ रनले पराजित गरेसँगै नेपाल फाइनलमा पुगेको हो ।

नेपालको जितसँगै पपुवा न्यु गिनी (पीएनजी) पनि नेट रनरेटको आधारमा फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सोमबार नेपाल र पिएनजीबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ३८ रन मात्रै बनाउन सक्यो । हारसँगै मलेसियाको फाइनल पुग्ने सम्भावना सकिएको हो । आजको खेल जितेको खण्डमा मलेसिया फाइनल पुग्ने समिकरण थियो ।

मलेसियाको ब्याटिङमा ओपनर विरन्दीप सिंहले सर्वाधिक ४७ रन बनाए । यसबाहेक, कप्तान अहमद फैजले ३३, अ‍ैनोल हाफिज र सेद अजिजले समान १७ रन जोडे ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछाने सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १९ रन खर्चिए ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछाने सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १९ रन खर्चिए ।

यस्तै, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेल र रोहितकुमार पौडेलले एक एक विकेट लिए । यसअघि मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले मलेसियासामु दुई सय २४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

टस हारेर ब्याटिङमा आएको नेपालबाट निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय २३ रनको योगफल तयार गरेको थियो । नेपालको ब्याटिङमा दीपेन्द्रले सर्वाधिक एक सय १० रनको अविजित इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । उनले ५५ बलमा शतक पूरा गरेका थिए ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पहिलो तथा नेपालको चौथो शतक हो । यस्तै, रोहितकुमार पौडेलले अर्धशतक बनाएका थिए । उनी ३४ बलमा ५१ रन बनाएर आउट भए । रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेको थिए ।

ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पहिलो तथा नेपालको चौथो शतक हो । यस्तै, रोहितकुमार पौडेलले अर्धशतक बनाएका थिए । उनी ३४ बलमा ५१ रन बनाएर आउट भए । रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेको थिए ।

यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रन बनाएकार आउट भएका थिए । यसबाहेक, आरिफ शेख दुई रनमा आउट हुँदा आदिल अन्सारीले १४ रन बनाए ।

मलेसियाका मुहम्मद वफिक, पवनदीप सिंह, स्यार्जुल इद्रुस र मुहम्मद अमिरले समान एक विकेट लिए । नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रनले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा पीएनजीलाई ३७ रनले पराजित गरेको थियो ।

यो पनि
मलेसियालाई जित्नै पर्ने दबाबमा नेपाल
विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार