English

यी ठाउँमा राख्दा सुन्दर देखिन्छन् फूलदानीहरू



मानिसहरू आफ्नो घरलाई कसरी नयाँपन दिँदै आकर्षक देखाउने भन्ने सोचमा हुन्छन् । पुरानै घरमा पनि कोठाहरूमा सजावटका सामान हेरफेर गरी नयाँ रूप दिइन्छ ।

महिलाहरू दसैंमा आफ्नो घरलाई कम समयमै कसरी आकर्षक देखाउन सकिन्छ भन्ने धुनमा हुन्छन् । फूलदानी एउटा यस्तो विकल्प हो जुन घरको हरेक ठाउँमा मिलाएर राख्न जाने घर नै सुन्दर देखिन्छ ।

हिजोआज हरेक मल तथा गिफ्ट सपहरूमा अनेक किसिम तथा आकारका फूलदानी सजाइएको देख्न सकिन्छ । त्यसैगरी, घरमा पनि कोठाको आकार, भित्ताको रंग तथा आफ्नो रुचिअनुरूपका फूलदानीहरू ल्याएर त्यसमा ताजा तथा डेकोरेटिभ फूलहरू सजाउन सकिन्छ ।

क्रिस्टलका फूलदानी

ताजा फूललाई सिसा तथा क्रिस्टलका पारदर्शी फूलदानीमा राखेर सजाउँदा घरको सुन्दरता वृद्धि हुन्छ । केही समयमै घरको लुक्सलाई नयाँपन दिने भएकाले दसैंमा घर सजाउन सिसाको फूलदानी उपयुक्त हुन्छ । सिसाका फूलदानी निकै आकर्षक एवं सुन्दर देखिन्छन् । तर तिनलाई सम्हाल्न भने त्यत्तिकै गार्‍हो हुन्छ ।

सिसा तथा क्रिस्टलका फूलदानी बालबालिकाहरूले छुन नसक्ने ठाउँमा तथा अरू सामानभन्दा अलग राख्नुपर्छ । यी फूलदानीहरू खस्नेबित्तिकै फुटिहाल्ने हुँदा लिभिङ रुमको कुनाको टेबुलमा वा अन्य निश्चित ठाउँमा राख्नु उपयुक्त हुन्छ ।

यसलाई बुक र्‍याकको मुनिपट्टिको टेबुल अथवा डाइनिङ रुममा पनि सजाउन सकिन्छ । सिसा तथा क्रिस्टलका फूलदानीमा माटोको आवश्यकता नहुने ताजा फूल तथा मनिप्लान्टहरू राख्न सकिन्छ ।

धागोका फूलदानी

अहिले जुट तथा धागोले बनेका युनिक तथा आकर्षक रंगीबिरंगी फूलदानी पनि उपलब्ध छन् । यस्ता रंगीन फूलदानीले घरको लुक्स नै चेन्ज गरिदिन्छन् । यस्ता फूलदानी बजारमा पाइने अरु फूलदानीभन्दा फरक हुन्छन् र सजिलै सबैको ध्यान आकर्षित गर्न सक्छन् । जुट तथा धागोका फूलदानीहरू ठूला आकारका हुने भएकाले मुख्य ढोकाको अगाडि कहिल्यै राख्नु हुँदैन ।

यस्ता फूलदानीका लागि सेन्टर टेबुल, डाइनिङ टेबुल वा लिभिङ रुमका दुईवटा सोफाको बीचको भागमा राख्न सकिन्छ जसले कोठालाई केही नै नगरी नयाँ लुक दिन्छन् । जुटका फूलदानीमा कृत्रिम फूल मिलाएर राख्दा आकर्षक देखिन्छ । अहिले बजारमा यस्ता फूल अनेकौं आकार तथा रंगमा उपलब्ध छन् ।

सेरामिक्सका फूलदानी

पहिलेदेखि नै माटो तथा विदेशबाट ल्याइएका सेरामिक्सका फूलदानी प्रयोग गरी घर सजाउने चलन छ । अहिले बजारमा माटो तथा सेरामिक्सका विभिन्न स्टाइल एवं आकारका फूलदानी सुलभ मूल्यमै छानी–छानी किन्न पाइन्छ । सेरामिक्सका फूलदानीहरूमा विभिन्न पेन्टिङ गरेर अझ आकर्षक बनाइएको हुन्छ जसले गर्दा तिनले घरको लुक्स क्षणभरमै परिवर्तन गर्न सक्छन् ।

सेरामिक्स तथा माटोका आकर्षक फूलदानीलाई घरको लन वा बाल्कोनीमा राख्दा अझ राम्रो देखिन्छ । यस्ता आकर्षक फूलदानीलाई घरको प्यासेजमा पनि राख्न सकिन्छ । यस्ता फूलदानीमा ताजा फूल, कृत्रिम फूल तथा हरिया बिरुवाहरू राख्न सकिन्छ । घरलाई आफूलाई मन परेको फूलदानीले सजाएर आफै पनि तरोताजा रहन सकिन्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested