English

बुद्धि तामाङका फ्यान : ढुङ्गा हान्नेदेखि थरथर काँप्नेसम्म



रङ्गमञ्चबाट अभिनय यात्रा शुरु गरेका बुद्धि तामाङले ‘मेरी बास्सै’ टेलिसिरियलमा अभिनय गरेसँगै धेरै चर्चा कमाएका छन् । यही सिरियलको ‘हैट’ थेगोले उनलाई दर्शक माझ परिचित गरायो । चलचित्र ‘कबड्डी’बाट पनि उनले धेरै दर्शकको माया पाए ।

पछिल्लो समय एकदमै व्यस्त कलाकारको सूचीमा पर्छन् उनी । उनलाई माया गर्ने फ्यानहरूको सङ्ख्या पनि दिनप्रति दिन बढ्दो छ । आफ्ना धेरै फ्यानहरूमध्ये केही अनौठा फ्यानलाई उनी यसरी सम्झन्छन् ।

ढुङ्गा हान्ने फ्यान

एउटा फिल्मको सुटिङको सिलसिलामा मुस्ताङ गएको थिएँ । त्यहाँ पुग्दै गर्दा हामीलाई हेर्न र भेट्नका लागि धेरै मानिसहरूको भीड थियो । त्यही क्रममा म अघि बढ्दै थिए ।

एक जना आमाको उमेरको महिलाले मलाई बारीको पाटाबाट एउटा ढुङ्गा टिपेर हान्नुभयो र मलाई हेरेर हाँस्दै भन्नुभयो ‘ए यो त हैट पो रहेछ ।’ मलाई सानो चोट पनि लागेको थियो । तर, ती आमा मलाई भेटेर खुसी भएको देखेर चोट बिर्सें ।

२५ पटकसम्म लगातार फोन गर्ने फ्यान

कोही फ्यान त साँच्चै अनौठा हुन्छन् । एक जना फ्यान त्यस्तै हुनुहुन्थ्यो । एक जनाले तपाईंसँग काम छ नम्बर दिनुस् त भनेर माग्नुभएको थियो । काम होला नि त भनेर मैले पनि नम्बर दिएँ । पछि, त्यो फ्यानले पटक–पटक फोन गरेको गर्यै गर्ने एकपटक त २५ पटकसम्म फोन गर्नुभएछ । मलाई दिक्क लागेर नम्बर नै ब्लक गरिदिएँ ।

मलाई भेटेर थरथर काँप्ने फ्यान

एउटा कार्यक्रमकै सिलसिलामा अस्ट्रेलिया गएको थिएँ । कार्यक्रम सकिएपछि एक्लै घुम्न निस्किएको थिएँ । बाटोमा एक जना नेपालीसँग भेट भयो । उहाँले मलाई चिनिहाल्नुभएछ । नजिक आउनुभयो र काँप्न थाल्नुभयो । उहाँ काँपेको देखेर मलाई अचम्म लाग्यो । के भयो भनेर सोधेँ ‘म तपाईंको ठूलो फ्यान हुँ तपाईं हो भनेर विश्वास नै लागेन एकपटक छुन्छु ल’ भन्नुभयो । ती फ्यानलाई पनि म सम्झिरहन्छु ।

‘आई लभ यु बुद्धि’ भन्ने फ्यान

प्रेम प्रस्ताव राख्ने फ्यान पनि धेरै नै हुनुहुन्छ । ‘आई लभ यु बुद्धि’ भन्दा धन्यवाद भन्ने खाल्को मान्छे परे फेरि आफू । एकपटक त्यसै भएको छ । एक जना महिला फ्यानले फोन गरेर ‘आई लभ यु बुद्धि’ भन्नुभयो । मैले उत्तरमा धन्यवाद भनेँ । ‘ह्या तपाईंले त मेरो कुरै बुझ्नुभएन’ भन्नुभयो । त्यही त म कुरै बुझ्दिनँ के गर्ने होला भनेर उहाँलाई नै सोधेँ । त्यसपछि भने ‘आई लभ यु’ भन्नुभएको छैन ।

यो पनि
भरतमणिका फ्यान : मुटु दिन्छु भन्नेदेखि उपहार दिनेसम्म
‘बल्छी ध्रुवेका’ फ्यान : सिरियल हेरेर नेपाली बोल्नेदेखि फोटो राखेर केक काट्नेसम्म



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।