देउवा र मोदीको ‘वान अन वान’ भेटवार्तामा के-के भयो ?
भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ । भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ ।

भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक शुरु भएको छ ।
बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् । बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यो पनि
दिल्लीमा के गर्दैछन् प्रधानमन्त्री देउवा ?
भारत भ्रमणका नाममा प्रधानमन्त्री देउवाले तोडे यी परम्परा